जनकपुरधामस्थित नेपाल रेल–वे कम्पनीको कार्यालयमा पूर्वकर्मचारीले दोस्रो चरणको आन्दोलनअन्तर्गत तालाबन्दी गरेका छन् ।
रेल–वे कम्पनीले पुराना कर्मचारीलाई विना कारण निकालेको भन्दै रेल–वेका पुरानो कर्मचारी सङ्घर्ष समितिले बिहीबारदेखि जनकपुरधामस्थित रेल–वे स्टेसनमा रहेको नेपाल रेल–वे कम्पनीको कार्यालयमा दोस्रो चरणको आन्दोलनसहित तालाबन्दी गरेको हो ।
नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पुराना कर्मचारीलाई बिनाकारण निकालेर नयाँ कर्मचारी नियुक्त गरी तालिम सञ्चालन गर्दै आएकाले सो तालिम...