पाँचथर– पाँचथरमा अविरल वर्षासँगै आएको बाढी पहिरोले अवरुद्ध भएका सडकहरु सञ्चालनमा आउन थालेका छन् । निवु खोलाले पुलको जग बगाउनका साथै सडक कटान गर्दा अवरुद्ध भएको फिदिम–यासोक खण्ड बुधबार (आज) बिहानैदेखि सञ्चालनमा आएको छ ।
बाढीले बगाएको पुलको जगमा ढुंगा भरेर बगाएको सडक मर्मत गरिएपछि सडक सञ्चालनमा आएको हो । पुल र सडक कोसी करिडोरले मर्मत गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनुभयो । जिल्लाको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकालाई सिमाना छुट्याएर निबु खोला सिवा दोभान क्षेत्रम...