प्रदेश १ मा बाढी पहिरोबाट ६४ जनाको मृत्यु भएको छ । बाढी पहिरोबाट २० जना घाइते र १२ जना बेपत्ता भएका छन् । तीन दिनयता भएको अविरल वर्षापछि सयौं घर डुबानमा परेका कारण ४ हजारभन्दा बढी मानिसहरु विस्थापित भएका छन् । प्रदेश १ प्रहरी कार्यालयकाअनुसार प्रदेशमा पाँचथर जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एव प्रवक्ता नविनराज राईका अनुसार पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाइते र ६ जना बेपत्ता भएका छन् ।पाँचथरको कुम्मायक गाउँपालिका,