पाँचथर – पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवा खोलामा बाढी आउँदा डाइभर्सन र बाँसकाे फड्केमा क्षति पुगेकाे छ ।
गएराति वर्षापछि आएकाे बाढीले डाइभर्सन र बाँसकाे फड्केमा क्षति पुर्याएकाे हाे । बाढीले असर पुर्याएपछि फड्केबाट भइरहेकाे आवतजावत ठप्प छ भने पानीको सतहले डाइभर्सन पार गरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डमा पुनः यातायात बन्द भएकाे छ ।
असार २ शनिवार आएकाे बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको म...