दक्षिण अफ्रिकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय शृंखला ‘क्लिन स्विप'गरेको छ । प्रतिस्पर्धात्मक बनेको तेस्रो एकदिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले शृंखला ३-० ले आफ्नाे पक्षमा पारेको हो । २८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा सबै विकेट गुमाउदै २८३ रनमा समेटियो । भारतका विराट कोहलीले सर्वाधिक ६५ रन जोडे । यस्तै शिखर धवनले ६१ रन बनाउदा दिपक चाहरले ५४ रनको योगदान गरे । दक्षिण अफ्रिकाका लुंगी एनजीडी र एडिलेले ३-३ विकेट लिए । ड्वाने प्रिटोरीउसले २ विकेट लि