प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नै कारण संकटमा परेका छन् । राणाले आफ्नो व्यक्तिगत स्वार्थ र राजनीतिक नियुक्तिमा भाग खोजेर न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरु उनको विपक्षमा उभिएका छन् । राजधानी दैनिकले न्यायाधीशहरु राणाले मार्गप्रशस्त गरिदिनुपर्ने पक्षमा रहेको खबर छापेको छ । यही बीचमा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले भने राणासहित ५ न्यायाधीशले पदत्याग गर्नुपर्ने धारणा राखेका छन् ।
उनले भनेका छन्, ‘न्यायपालिकामा अहिले देखिएको समस्या र अराजकता २८ असारको परमादेशको विकृत रुप भएकाले यस्तो ...