काठमाडौं : काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन्। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन्। महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार आइतवार साँझसम्म वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले पदत्याग गरेका छन्। यस्तै ८७ वडा सदस्यले पनि राजीनामा दिएका छन्। स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्न सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्