अमेरिकामा कोरोना महामारीविरुद्धको कदमको नेतृत्व गरेका डा. एन्थोनी फाउचीले पद त्याग गर्दै

संयुक्त राज्य अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले डिसेम्बरमा पदत्याग गर्ने घोषणा गरेका छन् । फाउची कोभिड–१९ विरुद्धको कदममा अमेरिकाको नेतृत्व गरेकाले उनी महामारीविरुद्धको प्रक्रियाको सार्वजनिक अनुहार बनेका थिए । फाउचीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज(एनआईएआईडी) को निर्देशकको पद र राष्ट्रपति जो बाइडेनको शीर्ष चिकित्सा सल्लाहकारको जिम्मेबार त्याग्ने बताएका छन् । उनले क्यारियरको ‘अर्को चरणलाई पछ्