नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अविलम्ब राजीनामा दिइ मार्ग प्रशस्त गर्न माग गरेको छ । एशोसिएसनको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा बारको बैठकले जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिए एशोसिएसनले नेपाल राज्यभरका बार इकाईमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि पौडेलद्वारा विज्ञप्तिमा दिइएको छ ।‘प्रधान न्यायाधीश निरन्तर रूपमा एकपछि अर्को विव