डेनमार्ककी महारानी मार्गरेथ द्वितीयाले अंग्रेजी नयाँ वर्षको अवसरमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै पदत्यागको घोषणा गरेकी छिन्। युरोपमा महारानीका रूपमा सबैभन्दा लामो समय शासन गरेकी ८३ वर्षीया मार्गरेथ द्वितीयाले यही जनवरी १४ मा औपचारिक राजीनामा दिने गरी पद त्यागको घोषणा गरेकी हुन्। महारानीका रूपमा ५२ वर्ष नेतृत्व गरेकी मार्गरेथ द्वितीयाले अब छोरा क्राउन प्रिन्स फ्रेडरिकले डेनमार्कको सिंहासन सम्हाल्ने घोषणा गरेकी छिन्। उनले सन् १९७२ मा पिता फ्रेडरिक नवौँको निधनपछि सिंहासन सम्हालेकी थिइन्।