काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । काठमाडौं महानगर र सिसडोल- बन्चरे डाँडा बीच काठमाडौंको फोहोर उठाउने सहमति भएको हाे। राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वार्ड अध्यक्षहरूको उपस्थित थियो भने यो समूहले केही दिन अघि भएको सम्झौता मानिरहेको थिएन। दुई पक्षबीच भएकाे सहमति […]
१५ भदौ, काठमाडौं । एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने […]
काठमाडौं । केही सातादेखि चोकचोकमा थुप्रिएको फोहोरको डंगुर नउठाएपछि चाँडो फोहोर उठाएर सफाइमा ध्यान दिन काठमाडौं महानगरपालिकालाई दबाब बढ्न थालेको छ । लगातारको झरीले फोहोर कुहिँदा दुर्गन्धसमेत फैलिएको छ । युथ कांग्रेस नेपाल नामक संस्थाको आव्हानमा फोहोर उठाउन ध्यानाकर्षण गराउँदै विरोधमा काठमाडौं महानगरपालिकाको मुख्य गेटमा फोहोर फ्याँकिएको छ । युवाहरूले मेयर विद्यासुन्दर शाक्यलाई फोहोर उपहार […]
काठमाडौं । काठमाडौंका सडकमा केही दिन यता थुप्रिएको फोहोर अझै केही दिन नउठ्ने भएको छ । फोहोर व्यवस्थापनको मूख्य जिम्मेवार काठमाडौं महानगरपालिकाले फोहोर उठाउन अझै केही दिन लाग्ने भन्दै आज सूचना निकालेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको भन्दै महानगरपालिकाले तत्काल फोहोर उठाउन नसक्ने भन्दै लाचारी […]