काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने सहमति भएपछि काठमाडौंका गल्लीमा थुप्रिएको फोहोर उठाउन थालिएको छ। स्थानीय, नेपाल प्रहरी र महानगरका कर्मचारीले फोहोर उठाएर गाडीमा राख्न थालेका छन्। महानगरपालिकाको फोहर आजखि नै उठाउने सहमति भएको थियो। सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहितको रोहबरमा सोमबार फोहोर उठाउने सहमतिपत्रमा हस्ताक्षर भएको भएको थियो। सहमतिपत्रमा सहरी विकास मन्त्रालयका तर्फबाट बन्चरेडाँडा फोहर व्यवस्थापन आयोजनाका