चैत २०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२४ धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा लक्ष्मी उन्नति कोष, नबिल इक्वीटी फण्ड,एनएमबी फिप्टी,लक्ष्मी इक्वीटी फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको इकाईमा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको ६ लाख १२ हजार ३०० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी दोस्रोमा नबिल इक्वीटी फण्डको २ लाख १२ हजार ४२४ इकाई, एनएमबि फिप्टीको १ लाख ९७ हजार ८०० इकाई,लक्ष्मी इक्वीटी फण्डको १ लाख ८८ हजार ८ सय इकाई र एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख ५९ हजार २७५ इकाई खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २७ दशमलव २५ अंक घटेर २ हजार ५१७ दशमलव शून्य ५ विन्दुमा झरेको छ । त्यसैगरी उक्त अवधिसम्ममा कुल रू. ९२ करोड ३५ लाख बराबरको शेयर किनबेच भएको छ ।