चैत २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाकोअवधिमा कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको मूल्यमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा एनएमबी फिप्टी,लक्ष्मी इक्वीटी फण्ड,सनराइन फष्ट म्युचुअल फण्ड, लक्ष्मी उन्नति कोष र नबिल ब्यालेन्स फण्ड २ को इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको ७ लाख ९ हजार ७१३ इकाई खरीद माग रहेको छ ।
त्यसैगरी लक्ष्मी इक्वीटी फण्डको ६ लाख ३२ हजार ५०० इकाई खरीद माग, सनराइज फष्ट म्युचुअल फण्डको ५ लाख ७५ हजार ७०० इकाई,लक्ष्मी उन्नति कोषको ५ लाख १ हजार ६०० इकाई र नबिल ब्यालेन्स फण्ड २ को ४ लाख ८८ हजार ७८५ इकाई खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १८ अंक घटेर २ हजार ४३३ दशमलव ९८ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. १ अर्ब ३४ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।