वैशाख १२, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २३१ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा लक्ष्मी उन्नति कोष,लक्ष्मी इक्वीटी फण्ड,सानिमा इक्वीटी फण्ड,सिद्धार्थ इक्वीटी फण्ड र एनआईबिएल समृद्धि फण्ड २ को धितोपत्रमा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको ३ लाख ११ हजार इकाई खरीद माग रहेको छ ।
त्यसैगरी सानिमा इक्वीटी फण्डको ९२ हजार १८० इकाई,सिद्धार्थ इक्वीटी फण्डको ८६ हजार ८५१ इकाई,लक्ष्मी इक्वीटी फण्डको २ हजार २५५ इकाई र एनआईबिएल समृद्धि फण्ड २ को ७९ हजार ६७० इकाई खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २९ दशमलव ८० अंक घटेर २ हजार ३९१ दशमलव १६ मा झरेको छ । उक्त अवधिसम्ममा कुद रू. १ अर्ब ६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।