१५ म्युचुअल फण्डले घोषणा गरे लाभांश, कसको कति ?

काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै १५ म्युचुअल फण्डले आफ्ना इकाईधनीहरूलाई लाभांश वितरणको घोषणा गरेका छन् । म्युचुअल फण्डहरूले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हुन् । तीमध्ये ५ म्युचुअल फण्डले अघिल्लो वर्षको तुलनामा लाभांश बढाएका छन् भने ६ ओटाले घटाएका छन् । गत वर्ष ४ ओटा म्युचुअल फण्डले लाभांश वितरण गरेका थिएनन् । लाभांश घोषणा गरेकामध्ये एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत भदौ १७ गतेदेखि इकाईधनीहरूको बैक खातामा नगद लाभांश पठाउनसमेत शुरु गरिसकेको छ ।  केही म्युचुअल फण्डले भने लाभांश वितरणको लागि बुक क्लोज गरिसकेका छन् । एनआईबिएल सहभागिता फण्ड, सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २, लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड २, कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले बुक क्लोज गरिसकेका हुन् ।  केही म्युचुअल फण्डले भने बुक क्लोज गर्ने तयारी गरेका छन् । सानिमा इक्वीटी फण्डले असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा यही असोज ११ गतेसम्म कायम इकाईधनीहरूले नगद लाभांश पाउनेछन् ।  त्यस्तै, एनएमबि फिप्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले पनि नगद लाभांश वितरणको लागि असोज १२ गते बुक क्लोज गर्ने जानकारी दिएका छन् । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरूले यी फण्डको लाभांश पाउनेछन् । यी दुवैै फण्डले गत वर्षको मुनाफाबाट करसहित १५/१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डले पनि लाभांश वितरणको लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरू नगद लाभांश पाउन योग्य हुनेछन् । फण्डले गत आवको मुनाफाबाट करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  प्रभु सेलेक्ट फण्डले नगद लाभांश वितरणको लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरूले लाभांश पाउनेछन् । फण्डले गत आवको मुनाफाबाट ९ दशलमव ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।  सानिमा इक्वीटी फण्डको लाभांश सर्वाधिक सानिमा इक्वीटी फण्डले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई करसहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस फण्डले प्रस्ताव गरेको नगद लाभांश म्युचुअल फण्डहरूमध्येकै सर्वाधिक हो ।  एनआईबिएल सहभागिता फण्डको लाभांश सर्वाधिक घट्यो  म्युचुअल फण्डहरूमध्ये एनआईबिएल सहभागिता फण्डको लाभांश सर्वाधिक घटेको छ । उक्त फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा ४४ दशलमव ४४ प्रतिशत घटेको हो । फण्डले अघिल्लो वर्ष आफ्ना इकाईधनीहरूलाई ७ दशलमव २ प्रतिशत नगद लाभांश करसहित वितरण गरेकोमा गत वर्ष ४ प्रतिशतमा झरेको छ ।  म्युचुअल फण्डहरूले गत वर्ष र यो वर्ष घोषणा गरेको लाभांश र घटबढ प्रतिशत स्रोत : फण्डहरूद्वारा प्रकाशित सूचनाबाट । 

सम्बन्धित सामग्री

९ कम्पनीले गरे लाभांश घोषणा, अधिकांशको बोनस शेयरमा जोड

काठमाडौं । आइतवारसम्म म्युचुअल फन्डबाहेक ९ कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हुन् । तीमध्ये अधिकांशले नगद लाभांशभन्दा बोनस शेयरमा जोड दिएका छन् । ती कम्पनीको कुल बोनस शेयर ९९ दशमलव ९ प्रतिशत छ भने नगद लाभांश ३० दशमलव ४८ प्रतिशत छ । लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सिटिजन्स बैंक र ओरियन्टल होटल्सले नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेका छन् भने बाँकी  ७ कम्पनीले बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  बोनस शेयरले कम्पनीको चुक्ता पूँजी बढाउने, नेटवर्थ तथा सञ्चिति घटाउने र शेयरधनीको कित्तामा परिमाणात्मक वृद्धि दिनेबाहेक गुणात्मकरूपमा केही नदिने विज्ञहरू बताउँछन् । बोनस शेयर जारी हुने सूचना प्रकाशित भएको केही दिन शेयरको मूल्य अस्वाभाविक बढ्ने, पूँजीको कारण आम्दानी सोही अनुपातमा कायम राख्न सञ्चालन र स्रोत परिचालन खर्च बढ्नेबाहेक गुणात्मकरूपमा प्रतिफल केही नपाइने उनीहरूको भनाइ छ ।   चार वर्षदेखि शेयर बजारमा लगानी गर्दै आएका दीपक सिंह धामी लगानीकर्ताका लागि बोनस शेयरभन्दा नगद लाभांश नै उचित रहेको बताउँछन् । कम्पनीले बोनस शेयर दिएपछि समायोजन हुँदा शेयरको मूल्य घट्ने भएकाले लगानीकर्ताका लागि नगद लाभांश लिनु नै ठिक भएको उनको भनाइ छ ।  लगानीकर्ताहरू बोनस शेयरभन्दा नगद लाभांश नै लिन चाहने भए पनि कम्पनीहरूले भने बोनस शेयरमै जोड दिएको पाइन्छ । जानकारहरू यसको कारण खुलाउँछन्- विभिन्न समयमा नियामक निकायले कम्पनीहरूको चुक्ता पूँजी बढाउन निर्देशन दिने गर्छन् । त्यसपछि कम्पनीहरू बोनस शेयरलगायतबाट पूँजी बढाउने गरेको पाइएको छ । त्यही कारण कम्पनीहरूले नगद लाभांशको सट्टा बोनस शेयरमा जोड दिएका हुन् ।   विदेशी मुलुकमा भने सूचीकृत कम्पनीहरूले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिने गरेका छन् । विदेशमा कम्पनीको चुक्ता पूँजीभन्दा जगेडा धेरै गुणा बढी हुने गर्छ । नेपालमा वर्षैपिच्छे सूचीकृत कम्पनीले बोनस शेयर वितरण गर्दा लाभांश क्षमता बढेको देखिन्छ । कम्पनीहरूले कहिले पारित गर्दैछन् लाभा‌ंश ? यो वर्ष लाभांश घोषणा गरिसकेका कम्पनीहरूमध्ये माछापुच्छ्रे बैंकले प्रस्तावित लाभांशलाई साधारण सभाबाट पारित गरिसकेको छ । असोज १८ गते सम्पन्न वार्षिक साधारण सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै, ओरियण्टल होटल्स, सिटीजन्स बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र सानिमा माई हाइड्रोपावरले पनि लाभांश पारितको लागि साधारण सभा बोलाइसकेका छन् ।  ओरियण्टल होटल्सले प्रस्तावित लाभांश पारितका लागि असोज २५ गते साधारण सभा बोलाएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशलमव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्तावित ५ दशलमव ७९ प्रतिशत लाभांश पारितका लागि असोज २६ गते साधारण सभा बोलाएको छ ।  हालसम्म लाभांश प्रस्ताव गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकले ३० दशलमव ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीले प्रस्तावित लाभांश पारितका लागि यही असोज २८ गते साधारण सभा बोलाएको हो । एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नका लागि यही असोज ३० गते साधारण सभा बोलाएको छ । सानिमा बैंकले प्रस्तावित ९ प्रतिशत बोनस शेयर र करसहित ५ दशलमव ७ प्रतिशत नगद लाभांश पारितका लागि कात्तिक २ गते साधारण सभा बोलाएको छ । त्यस्तै सानिमा माई हाइड्रोपावरले प्र्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारितका लागि आगामी कात्तिक २३ गते साधारण सभा बोलाएको छ ।  बाँकी २ कम्पनी युनिक नेपाल लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले भने साधारण सभाको मिति तय गरेका छैनन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल लाभांशमध्ये बोनस शेयर र नगद लाभांश कति भन्ने उल्लेख गरेको छैन । त्यस्तै आरएसडिसी लघुवित्तले ८ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४५२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले प्रस्ताव गरेको बोनस शेयर र नगद लाभांश  स्रोत : सम्बन्धित कम्पनीहरूले प्रकाशित गरेको सूचनाबाट ।

हालसम्म ९ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ९ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल, सिद्धार्थ क्यापिटल , एनआईबिएल एस क्यापिटल र सनराइज क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।   त्यस्तै एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुलाई  कर सहित ४.२० % का दरले हुन आउने रकम  तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ७.२०%  प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।त्यस्तै सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले  ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  ।

नेप्सेमा एनएमबिका २ म्युचुअल फण्डको इकाई मूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाको इकाई मूल्य समायोजन भएको छ । दुवै योजनाले लाभांश वितरणको लागि आज बुक क्लोज गर्ने निर्णय गरेकोले आज मुल्युआ समायोजन भएको हो । एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ को मूल्य समायोजन भएको हो । दुवै योजनाले समान २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेकोले दुवै योजनाको २१.०५२६३  प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि एनएमबि हाईब्रिड फण्ड एल १ को ९.७८ रुपैयाँ कायम भएको छ। समायोजन अघि योजनाको इकाई मूल्य ११.८९ रुपैयाँ रहेको थियो । त्यस्तै  एनएमबि फिफ्टीको इकाई मूल्य १०.४९ रुपैयाँ कायम भएको छ। समायोजन अघि योजनाको इकाई मूल्य १२.६० रुपैयाँ थियो ।  एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। दुवै म्युचुअल फण्ड योजनाले समान २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।

हालसम्म आधा दर्जन म्युचुअल फण्डको लाभांश घोषणा , कुनको कति ? (सूचीसहित)

हालसम्म ६ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल र सिद्धार्थ क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।  सिद्धार्थ व्यवस्थित लगानी योजनाले भने लाभांश दिने छैन।

बोनस शेयरको सैद्धान्तिक पक्ष

नेपालको शेयरबजार बोनस शेयरमय छ । म्युचुअल फन्डबाहेक सबै समूहका झन्डै ९५ प्रतिशत कम्पनीले बोनस शेयर जारी गर्छन् । नियामकसमेत बोनस शेयर जारी हुने सैद्धान्तिक आधारको खोजी नगरी मात्रा तोकेर निर्देशन जारी गर्दै हस्तक्षेप गर्छन् । बोनस शेयर जारी गर्नै हुन्न भन्ने होइन । तर, यसको उपादेयता र प्रयोजन स्पष्ट हुनुपर्नेमा यस विषयमा कहिल्यै छलफल भएन । कम्पनीको आय, जगेडा र नेटवर्थ बढाउने पक्षबाट अहिलेसम्म सोचिएको देखिँदैन । कम्पनीका कार्यकारी तहमा बस्नेले वित्तीय प्रक्षेपणविना नै हरेक वर्ष चुक्ता पूँजीको अंक वृद्धि गरिरहेका छन् । यस्ता अधिकारीका लागि बढी ‘बोनस’ दिएँ भनेर ‘नाक फुलाउने’ बाहेक कम्पनीलाई कति बलियो र जोखिमवहन गर्नसक्ने बनाए निरुत्तर छ । कार्यकारी तहमा बस्नेबाट बेलाबेलामा ‘बोनस शेयर बेच्छन, आम्दानी गर्छन्’ भन्ने हल्का टिप्पणीसमेत आउने गर्छ । बेमौसमी बोनसले कम्पनी अधिपूँजीकृत हुँदै जाँदा पूँजी ‘वाटर्ड’ बन्दै गएको छ । अर्थतन्त्रको आकार र स्रोत परिचालनको अवसर आदिको आधारमा कायम पूँजीले मात्र कम्पनीलाई स्थायित्व दिन्छ नत्र ‘टू बिग टू फेल’ को अवस्था नआउला भन्न सकिँदैन । बोनस शेयर शेयरधनीको कोषका रूपमा रहने सञ्चित नाफा, शेयर प्रिमियम र पूँजी फिर्ता कोष रकम तत्तत् शीर्षकबाट चुक्ता पूँजीमा सार्ने प्रक्रियाबाहेक अरू केही होइन । बोनस शेयरको कानून कम्पनी ऐन, २०६३ दफा २(थ) ले बोनस शेयर भन्नाले कम्पनीको नाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरधनीलाई अतिरिक्त शेयरका रूपमा जारी गरिएको शेयर र उक्त शब्दले बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्थासमेतलाई जनाउँछ भनेको छ । यो परिभाषामा बोनस शेयर जारी हुने दुईओटा अवस्था छ । पहिलो, अतिरिक्त शेयर जारी गरेर शेयरधनीको कित्ता बढ्ने गरी पूँजी वृद्धि गर्ने र दोस्रो, शेयरबापत चुक्ता नभएको रकम चुक्ता गराउने व्यवस्था गरेको छ । अहिले कम्पनीले जारी गरिरहेको बोनस शेयर पहिलो अवस्था हो । दोस्रो अवस्थाको अभ्यास देखिएको छैन । विशेष अवस्थामा साधारण शेयर जारी गर्दा प्रतिशेयर अंकित मूल्यको ५० प्रतिशतभन्दा बढी रकम माग गर्न पाइँदैन । दोस्रो अवस्था यस्तै ५० प्रतिशत रकम मात्र मागेका कम्पनीका लागि हो । यस्ता कम्पनीले शेयरवापतको रकम चुक्ता नभएसम्म अतिरिक्त शेयर जारी गर्न पाउँदैनन् र शेयरधनीसँग माग गर्नुपर्ने नपुग रकम आर्जित नाफाबाट बोनस शेयरको रूपमा जारी गरी कट्टा गर्दै जान्छन् । शेयरबापतको रकम चुक्ता भइसकेपछि मात्र पहिलो अवस्थाअनुसार अतिरिक्त शेयर जारी गर्न पाइन्छ । सामान्यतया बोनस शेयरको परिकल्पना दोस्रो अवस्थाका लागि गरिएको हो तर, केही सैद्धान्तिक पाटोलाई अंगीकार गरेर पहिलो प्रकारको बोनस शेयर पनि जारी गर्न सकिन्छ । सैद्धान्तिक पाटो बोनस शेयरको अत्यन्तै दुरुपयोग हुने देशको सूचीमा सम्भवतः नेपाल पहिलो स्थानमा पर्ने अनुमान गर्न सकिन्छ । शेयर कारोबारीको मुखैमा झुन्डिएको ‘बोनस कति दिन्छ’, ‘कहिले दिन्छ’, र ‘जुनसुकै बेला किन्दा पनि बोनस पाइन्छ कि पाइँदैन’ भन्ने प्रश्नले नेपालको शेयरबजारले सैद्धान्तिक पाटो बिर्सेझैं देखिन्छ । झन् केन्द्रीय बैंकले बोनस शेयरको ‘मात्रा’ नै तोकिदिँदा शेयरबजारलाई अझ बढी विकृत बनाएको छ । बोनस शेयर शेयरधनीको कोषको रूपमा रहने सञ्चित नाफा, शेयर प्रिमियम र पूँजी फिर्ता कोष रकम तत्तत् शीर्षकबाट चुक्ता पूँजीमा सार्ने प्रक्रियाबाहेक अरू केही होइन । यसले कम्पनीको चुक्ता पूँजी बढाउने, नेटवर्थ तथा सञ्चिति घटाउने र शेयरधनीको कित्तामा परिमाणात्मक वृद्धि दिनेबाहेक गुणात्मक रूपमा केही पनि दिँदैन । बोनस शेयर जारी हुने सूचनाले केही दिन ‘बेलुनझैं शेयरको मूल्य फुल्ने’बाहेक बढ्दो पूँजीको कारण आम्दानी सोही अनुपातमा कायम राख्न सञ्चालन र स्रोत परिचालन खर्च बढ्नेबाहेक गुणात्मकरूपमा प्रतिफल केही हुँदैन । यसले स्वस्थ प्रतिस्पर्धा पनि प्रवद्र्धन गर्न सक्दैन र घाँटी रेट्ने किसिमको प्रतिस्पर्धा बढ्दा त्यसको नकारात्मक असर कम्पनी र देश दुवैलाई पर्छ । बोनस शेयर जारी किन हुन्छ भन्ने बारेमा केही सैद्धान्तिक आधारको चर्चा गर्नु सान्दर्भिक हुन्छ । १.सञ्चिति घटाउने : एकातिर सञ्चिति बढाउने कुरा गर्ने अनि बोनस शेयर जारी गर्ने सैद्धान्तिक आधारको चर्चा गर्दा सञ्चिति घटाउने कुरा गर्दा विरोधाभाषजस्तो देखिन्छ । कम्पनीले अत्यधिक सञ्चिति बढाएपछि त्यसमा सरकार लगायतको ‘आँखा’ लाग्ने हुँदा कम्पनीले आवश्यक नपरे पनि त्यसैबाट केही रकमलाई पूँजीकृत गर्दै बोनस शेयर जारी गर्छन् । यस्ता कम्पनीले जारी गर्ने बोनस शेयरको स्पष्ट प्रयोजन हुने भएकाले गुणात्मक रूपमै प्रतिफल दिन सक्छन् । २.पहुँच वृद्धि : कम्पनीको शेयर संख्या थोरै हुँदा उक्त शेयर सीमित व्यक्ति वा समूहको पकडमा रहने हुँदा अझ धेरैमा कम्पनीको पहुँच पु¥याउन बोनस शेयर जारी गरिन्छ । त्यस्तै शेयर संख्या थोरै हुँदा मूल्य अचाक्ली बढ्न भएकाले धेरैको पहुँचमा शेयर पुग्न नसक्ने कारण बोनस शेयर जारी गरेर संख्या वृद्धि गराइन्छ । बोनस शेयर जारी हुँदामूल्य पनि समायोजन हुने हुँदा केही सस्तो जस्तो देखिँदा किन्नेको पहुँचमा पुग्छ । बोनस शेयर जारी गर्न नचाहने कम्पनीले शेयर खण्डीकरण गरेर पनि संख्या बढाएर पहुँच बढाउँछन् । खण्डीकरण गर्दा पनि मूल्य समायोजन हुन्छ र किन्नेको पहुँचमा पुग्छ । ३.प्रतिरोधी कब्जा : कतिपय अवस्थामा कम्पनीको शेयर प्रतिरोधी व्यक्तिको हातमा पुगेको जस्तो लागेमा बोनस शेयर जारी गरी प्रतिरोधीको हातबाट शेयर खोस्ने गरिन्छ । सामान्य व्यक्तिको हातबाट यस्ता शेयर खोस्न पनि बोनस शेयर जारी गरिन्छ । दरबारको बत्तीको ताप माघ महीनाको १ दिन बादशाह अकबरले यमुना नदीमा रातभर घाँटीसम्म डुबेर बस्नेलाई १० हजार रुपैयाँ इनाम दिने घोषणा गरे । एकजना व्यक्ति रातभर यमुनामा डुबेर बसी बिहानीपख हाजीर भई इनाम मागे । अकबरले केको आधारमा बस्यौ भनेर सोध्दा ती व्यक्तिले दरबारमा बलिरहेको बत्ती हेरेर बसेँ भने । यस्तो सुनेपछि बादशाहले बत्तीको तातोमा बसेको भन्दै इनाम नदिई पठाए । ‘वीरबलको खिचडी’ शीर्षक कथाको एक अंश हो । यो प्रसंग उठाउनको कारण मानिसलाई एउटा आड चाहिने रहेछ भन्ने हो । टाढा नै भए पनि पिलपिल देखिएको बत्ती यमुनाको चिसो पानीमा बस्ने आड बन्यो । यदि कम्पनी सञ्चितिले बलियो छ भने त्यसैको आडमा मूल्य तय हुन्छ । बत्तीको ताप त्यसैको वरिपरि मात्र हो । तर, कम्पनीले जुनसुकै नाम दिएको सञ्चिति शेयरधनीको सम्पत्ति हो र यो जुनसुकै बेला शेयरधनीले पाउँछन् नपाए पनि त्यसको मूल्य सम्पत्ति (शेयर) विक्री गर्दा प्राप्त हुन्छ । एभरेष्ट बैंकको हालै सम्पन्न साधारणसभामा ९ दशक उमेर पूरा गरिसकेका अध्यक्षले ‘रिजर्भमा जम्मा भएको रकम पनि शेयरधनीकै सम्पत्ति हो’ भनी दिएको मन्तव्य सान्दर्भिक छ । कम्पनीको शेयर मूल्य कम्पनीको सम्पत्ति, जगेडा, भावी सम्भावना तथा अवसर र मूल्य बढ्ने अनुमान (स्पेकुलेशन) ले बढ्छ । अतः कम्पनीलाई जोखिम बहन गर्नसक्ने र बलियो बनाउन सकेमा मात्र यसको प्रतिफल दीर्घकालीन हुन्छ नत्र ‘म बूढी भएँ, अर्को वर्षसम्म मरिहाल्छु, छोरी बिहे गरेर गइहाल्छे’ भन्दै घरका दलिन झिकेर बाल्ने ‘आमाछोरी’ को कथा जस्तै ‘आमा पनि नमर्ने, छोरीको पनि बिहे नभएको’ लोककथाका पात्रको जस्तो अवस्था नहोस् भन्ने सोच कम्पनी, शेयरधनी र नियामकले सोच्न ढिला भइसकेको छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

नबिल म्युचुअल फण्डद्धारा सञ्चालित दुबै फण्डले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं, २३ भदौ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष २०७७ र७८ को लागि लाभांश घोषणा गरेका हुन्। जस अन्तरगत नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा […]

१० ओटा म्युचुअल फण्डद्वारा प्रतिफल वितरण गर्ने घोषणा, कुन-कुन कम्पनीको कति ?

साउन २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २३ ओटा म्युचुअल फण्डमध्ये १० ओटा म्युचुअल फण्डले इकाईधनीहरुलाई प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेका छन् ।  १० ओटै फण्डले गत आव २०७७/७८ को मुनाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । १० ओटा म्युचुअल फण्ड मध्ये लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले इकाईधनीको खातामा लाभांश पठाएको जानकारी गराएका छन् ।  लक्ष्मी उन्नति कोषले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश साउन १९ गतेदेखि खातामा पठाउन शुरु गरेको हो । यस फण्डको नगद लाभांश साउन १२ गतेसम्म कायम इकाईधनीले पाएका छन् । त्यसैगरी, लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत नगद लाभांश साउन २१ गतेदेखि इकाईधनीको बैंक खातामा पठाउन शरु गरेको हो । साउन १४ गतेसम्म कायम इकाईधनीहरुले उक्त नगद लाभांश पाउनेछन् ।  १० ओटा म्युचुअल फण्डमध्ये सबैभन्दा बढी एनआइबिएल प्रगाति फण्ड र एनआइबिएल सहभागिता फण्डले आप्mना इकाईधनीहरुलाई ५०÷५० प्रतिशत इकाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ ले नगद लाभांश वितरणको लागि साउन २९ गते बुक क्लोज गर्ने भएको छन् । यस आधारमा साउन २८ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।  एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाईधनीलाई ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  यी ४ ओटा योजनाले बुक क्लोजको मिति तय गरेका छैनन् । त्यसैगरी कुमारी इक्विटी फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस नगद लाभांश वितरण प्रयोजनको लागि योजनाले बुक क्लोज साउन २५ गते गर्ने भएको छ । यस आधारमा साउन २४ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।                                                                         स्रोत : म्युचुअल फण्डद्वारा प्रकाशित नोटिस