काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोष,लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नति कोषले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चार ओटै फण्ड नोक्सानी भदौ महीनाको तुलनामा असोज महीनामा वृद्धि भएको छ ।
शुभ लक्ष्मी कोषले भदौ मसान्तमा रू. १ करोड ९ लाख नोक्सानी ब्यहोरेकोमा असोज मसान्तमा बढेर रू. १ करोड ६८ लाख पुगेको छ । त्यस्तै लक्ष्मी इक्वीटी फण्डले भदौ मसान्तमा रू. २२ करोड १५ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. २६ करोड १९ लाख पुगेको हो ।
लक्ष्मी भ्यालु फण्ड २ असोज मसान्तसम्ममा रू. १ करोड ९४ लाख नोक्सानीमा रहेको छ । यस फण्ड भदौ मसान्तमा पनि रू. ५१ लाख २ हजार नोक्सानीमा थियो । लक्ष्मी उन्नति कोष भदौ मसान्तमा रू. ८ करोड ९ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. ९ करोड ९० लाख पुगेको छ । असोज महीनामा यी चारओटै फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
त्यस्तै यी चारओटै फण्डको न्याभ पनि भदौ महीनाको तुलनामा असोज महीनाका घटेको छ । लक्ष्मी उन्नति कोषको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ६९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४१ पैसामा झरेको हो ।
लक्ष्मी भ्यालु फण्ड २ को न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ९४ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ७६ पैसा कायम भएको छ । त्यस्तै लक्ष्मी इक्वीटी फण्डको न्याभ ९ रुपैयाँ ६१ पैसा रहेकोमा असोज मसान्तमा घटेर ९ रुपैयाँ २९ पैसामा झरेको छ ।
शुभलक्ष्मी कोषको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ६९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४९ पैसामा कायम भएको हो ।
लक्ष्मी इक्वीटी फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस
शुभ लक्ष्मी कोषको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस
लक्ष्मी भ्यालु फण्ड २ को रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस
लक्ष्मी उन्नति कोषको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस