धनगढी पुगेर पाण्डेले भने- एमाले सरकारमा जान इच्छुक छैन

कैलाली। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारमा जान इच्छुक नभएको बताएका छन् । पछिल्लो पटक एमसीसीका कारण गठबन्धन कमजोर भइरहेको बताइएका बेला उनले एमाले सरकारमा जान इच्छुक नभएको प्रतिक्रिया दिएका हुन् । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एमाले सरकार जना इच्छुक छैन तर एमाले नभई देश नचल्ने अवस्था सृजना […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने तयारीमा : RajdhaniDaily.com

RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने तयारीमा रहेका छन् । नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएपछि उनीहरुलाइ ३-३ -

सुदूरपश्चिम सरकारमा एमाले र माओवादीको दाबी, मुख्यमन्त्री को ?

१२ पुस, धनगढी । कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसहितका दलको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनबारे चासो बढेको छ । अन्तिम समयमा चमत्कारिक रुपमा बनेको नयाँ गठबन्धनका कारण सुदूरपश्चिममा पनि ठूलो दल बनेको नेपाली कांग्रेस (१९) प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको छ । अब एमालेले नेतृत्व गरेका गठबन्धनकै सरकार बनाउन […]

सुदूरपश्चिममा कांग्रेसको ‘डबल रोल’, सरकारमा गएर पनि छाडेन लेखा समिति !

धनगढी : २०७४ फागुन ५ गते सुदूरपश्चिम प्रदेश सरकार गठन भएको थियो। त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा प्रदेश सरकार गठन गरेका थिए। माओवादी केन्द्रको भागमा प्रदेश सरकारको नेतृत्व पर्यो।त्रिलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री भए। नेपाली कांग्रेस प्रतिपक्षमा रह्यो। नेपाली कांग्रेसकी कुमारी नन्दा बम सार्वजनिक लेखा समितिको सभापति भइन्। हाल नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएसँगै कांग्रेस सरकारमा सहभागी भएको छ।गत चैतको अन्तिम साता भएको मन्त्रीमण्डल बिस्तारमा कांग्रेस प्रदेश सरक

जसपा : केन्द्रमा सत्ता साझेदार, सुदूरपश्चिममा प्रतिपक्षी

धनगढी : केन्द्र सरकारमा सत्ता साझेदार रहेको जनता समाजवादी पार्टी जसपा सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दल बनेको छ। सुदूरपश्चिमको प्रदेश सभामा जनता समाजवादी पार्टी प्रतिपक्षी बनेको हो।आज सोमबारदेखि सुरु भएको दशौं अधिवेशनको पहिलो बैठकमा जसपा प्रतिपक्ष टेवलमा बसेको छ।केन्द्र सरकारमा जसपा सत्तासाझेदार दलका रुपमा रहेको छ। तर, सुदूरपश्चिम प्रदेशमा सरकारमा समावेश नगरेपछि जसपा प्रतिपक्षी बनेको बताइएको छ।प्रदेशसभामा जसपासँगै लोकतान्त्रिक समाजवादी पार्टी र एमाले पनि प्रतिपक्षी दलका रुपमा रहेका छन्। यसअघि न

सुदूरपश्चिममा भोलि मन्त्रिमण्डलले पूर्णता पाउने, तामाङ मन्त्री बन्दै

धनगढी : सुदूरपश्चिममा प्रदेश सरकारमा एक मन्त्रालय रिक्त छ। नेकपा (एमाले) विभाजनपछि सरकारमा सहभागी एमालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले राजीनामा दिएपछि मन्त्रालय रिक्त बनेको हो।शाहको राजीनामापछि आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले मुख्यमन्त्री त्रिलोचन भट्टले आफूमातहत नै राखेका थिए। एमालेको तत्कालीन माधव नेपाल समूहको भागमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय अझै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको भागमा पर्ने देखिएको छ। मन्त्रिपरिषद् भोलि विस्तार हुने बताइएको छ।रिक

एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत

२३ भदौ, धनगढी । सुुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै बहुमत पुगेको छ । प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद […]

सुदूरपश्चिममा फेरबदलको चर्चा, गठबन्धन सरकार बनाउने तयारी

धनगढी : नेकपा एमालेमा भएको विभाजनको प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ। एमाले विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको चर्चा सुरु भएको छ। एमाले फुटपछि वर्तमान सरकारले निरन्तरता नपाउने र नयाँ गठबन्धन सरकार निर्माण गर्न छलफल सुरु भएको हो।यसअघि नै माओवादी केन्द्र र नेपाली कांग्रेसबीच दुई/दुई प्रदेशमा सत्ताको नेतृत्व लिने सहमति भइसकेकाले सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकारमा बन्ने पक्कापक्की जस्तै भइसकेको थियो।अब सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने र गठबन्धनक

सुदूरपश्चिममा पेचिलो बन्दै एमाले विवाद, माओवादीका नेता–कार्यकर्ता रुष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशमा एमाले भित्रको किचलो झनै पेचिलो बन्दै गएको छ।जेठ १० गते एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। समर्थनसहित एमालेले आफ्ना तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुनसमेत निर्देशन समेत दियो। तर, त्यो निर्देशन कार्यन्वयन हुन सकेन। मन्त्रीहरू फिर्ता नभएपछि पार्टीको निर्णय अटेर गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश समितिले ३ मन्त्रीलाई स्पष्टीकरण सोध्यो। स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र माओवाद

सुदूरपश्चिममा एमाले : ओली पक्षद्वारा कारबाही चेतावनी, माधव पक्ष मन्त्री थप्दै

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो। समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीलाई समेत सरकारबाट बाहिरिन निर्देशन दियो।तर, त्यो निर्देशन कार्यान्वयन हुन सकेन‌। सुदूरपश्चिममा एमालेको संसदीय दलले केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नहुने अडान राख्दै स्थायी कमिटीको निर्णयलाई नै लत्यायो।ओली पक्षका सांसदले संसदीय दलको निर्णयमा असहमति जनाउँदै आएकोमा एमाले सुदूरपश्चिमले पुन: पत्र

सुदूरपश्चिम सरकार पुनर्गठन तयारी, माओवादी र एमालेबाट पाँच जना मन्त्री बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन तयारी थालिएको छ। भीम रावल धनगढी आएसँगै सुदुरपश्चिम सरकारको मन्त्रिपरिषद् पुनर्गठन तयारी थालिएको हो। नेकपा माओवादी केन्द्रको नेतृत्वमा एमाले सम्मिलित सरकार गठन भएको तीन वर्षपछि देशको राजनीतिक अवस्थामा देखिएको खटपटसँगै सुदूरश्चिम सरकार पुनर्गठन हुने अवस्थामा छ। स्रोतका अनुसार नेकपा एमालेद्वारा निलम्बित माधव समूहका नेता भीम रावलले प्रदेश सरकारमा सम्मिलित आफूनिकट मन्त्रीलाई फिर्ता बोलाएर नवनेतृत्वलाई जिम्मेवारी दिने तयारी गरेका छन्।