धनगढी : सुदूरपश्चिम प्रदेशमा एमाले भित्रको किचलो झनै पेचिलो बन्दै गएको छ।जेठ १० गते एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। समर्थनसहित एमालेले आफ्ना तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुनसमेत निर्देशन समेत दियो। तर, त्यो निर्देशन कार्यन्वयन हुन सकेन। मन्त्रीहरू फिर्ता नभएपछि पार्टीको निर्णय अटेर गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश समितिले ३ मन्त्रीलाई स्पष्टीकरण सोध्यो। स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र माओवाद