धनगढी : नेकपा एमालेमा भएको विभाजनको प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ। एमाले विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको चर्चा सुरु भएको छ। एमाले फुटपछि वर्तमान सरकारले निरन्तरता नपाउने र नयाँ गठबन्धन सरकार निर्माण गर्न छलफल सुरु भएको हो।यसअघि नै माओवादी केन्द्र र नेपाली कांग्रेसबीच दुई/दुई प्रदेशमा सत्ताको नेतृत्व लिने सहमति भइसकेकाले सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकारमा बन्ने पक्कापक्की जस्तै भइसकेको थियो।अब सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने र गठबन्धनक