धनगढी : सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन तयारी थालिएको छ। भीम रावल धनगढी आएसँगै सुदुरपश्चिम सरकारको मन्त्रिपरिषद् पुनर्गठन तयारी थालिएको हो। नेकपा माओवादी केन्द्रको नेतृत्वमा एमाले सम्मिलित सरकार गठन भएको तीन वर्षपछि देशको राजनीतिक अवस्थामा देखिएको खटपटसँगै सुदूरश्चिम सरकार पुनर्गठन हुने अवस्थामा छ। स्रोतका अनुसार नेकपा एमालेद्वारा निलम्बित माधव समूहका नेता भीम रावलले प्रदेश सरकारमा सम्मिलित आफूनिकट मन्त्रीलाई फिर्ता बोलाएर नवनेतृत्वलाई जिम्मेवारी दिने तयारी गरेका छन्।