धनगढी : सुदूरपश्चिममा प्रदेश सरकारमा एक मन्त्रालय रिक्त छ। नेकपा (एमाले) विभाजनपछि सरकारमा सहभागी एमालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले राजीनामा दिएपछि मन्त्रालय रिक्त बनेको हो।शाहको राजीनामापछि आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले मुख्यमन्त्री त्रिलोचन भट्टले आफूमातहत नै राखेका थिए। एमालेको तत्कालीन माधव नेपाल समूहको भागमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय अझै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको भागमा पर्ने देखिएको छ। मन्त्रिपरिषद् भोलि विस्तार हुने बताइएको छ।रिक