काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले यस वर्षको प्रतिफल वितरण गरेको छ । योजना व्यवस्थापकले असोज ८ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा करसमेत ८ प्रतिशत नगद लाभांश वितरण गरिएको जानकारी दिएको हो ।
नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथाशीघ्र गराउनसमेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । प्रतिफल प्रयोजनका लागि योजनाले भदौ १९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा भदौ १८ गतेसम्म कायम इकाईधनीहरूका लागि मात्र योजनाको प्रतिफल वितरण गरिएको हो ।
भदौ १८ गतेसम्म आफ्नो इकाई धितो राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुुकुवापत्र प्राप्त भएपछि मात्र प्रतिफल जम्मा गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ ।