सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । प्रतिफल वितरण प्रयोजनको लागि फण्डले भोलि बुक क्लोज गर्दैछ । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरूले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् । फण्डले आफ्ना इकाईधनीहरूलाई करसहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । फण्डको योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड छ ।

सम्बन्धित सामग्री

२ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज भदौ २८ गते एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्ड र सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो  ।यी दुवै योजनाले लाभांश वितरणको लागि  भदौ २९ गते बुक क्लोज मिति तय गरेकोले आज भदौ २८ गतेसम्म कायम इकाईधनीले मात्र योजनाले दिने लाभांश पाउँन सक्ने छन् ।एनआईबिएल प्रगति फण्डले  इकाईधनीहरुलाई कर सहित ४.२० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।  योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको ९९औं बैंठकले आ.व.२०७८/०७९ का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ४.२० प्रतिशत का दरले हुन आउने रकम रु.३,१५,००,०००/-(रु. तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  । सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतले हुन आउने १० करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने घोषणा गरेको हो।

४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चार वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ ६ गते अन्तिम दिन रहेको छ । लाभांश बितरण प्रयोजनको लागि भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेका सिद्धार्थ क्यापिटलका २ र लक्ष्मी क्यापिटलका २ गरि ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ ६ गते अन्तिम दिन हो । लक्ष्मी क्यापिटलले संचालन गरेको  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोष र लक्ष्मी इक्विटी फण्डले  भदौ ७ गते बुक क्लोज मिति तय गरेका हुन् गरेका हुन् । भदौ ६ गतेसम्म  कायम इकाईधनीले फण्डले वितरण गर्ने लाभांश पाउन सक्ने छन् ।  क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।त्यस्तै सोहि बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। दुवै फण्डले समान ५ प्रतिशत लाभांश घोषणा गरेका हुन् । त्यस्तै सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले पनि भदौ ७ गते बुक क्लोज गर्ने भएका हुन् । भदौ ६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  । क्यापिटलको श्रावण २५ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

एनएमबिको २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाले बितरण गर्ने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले बितरण गर्ने लाभांश सुरक्षित गर्ने आज साउन ३० गते अन्तिम दिन हो।क्यापिटलले दुवै योजनाको लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको ले आज साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। दुवै म्युचुअल फण्ड योजनाले समान २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।

ग्लोबल आइएमई समुन्नत योजना १ को १००% लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित ग्लोबल आइएमई समुन्नत योजना १ ले भोलि (बुधवार) १ दिन लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दैछ। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम इकाईधनीहरूले मात्र लाभांश लिन पाउनेछन्। कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाइधनीहरूलाई कुल योजनाको आकार रु.१ अर्बको १००% अर्थात रु.१ अर्ब (कर समेत) नगद लाभांश वितरण गर्न लागेको हो। ग्लोबल आइएमई समुन्नत योजन...

नबिल इन्भेष्टमेन्टका २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल इन्भेष्टमेन्ट बैंकिङ Nabil Investment Banking  ले संचालन गरेका २ वटा समुहिल लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणको लागि असोज ११ गते बुक क्लोज गरेकोले आज असोज १० गतेसम्म कायम इकाईधनीले नबिल इक्विटी फण्ड र  नबिल ब्यालेन्सड फण्ड २ को लाभांश पाउँन सक्ने छन् । आर्थिक वर्ष ७७/७८ को नबिल इक्विटी फण्डले कर सहित ४० प्रतिशतले हुन आउने ५० करोड  बराबरको नगद लाभांश वितरण गर्ने छ । त्यस्तै  नबिल ब्यालेन्सड फण्ड २ ले कर सहित ३५ प्रतिशतले हुन आउने ३९ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ । यो दुवै योजना नबिल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।

एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ २४, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको नगद लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी ग्रोथ फण्डले इकाई वितरणको लागि भदौ २७ गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म शेयर कमायम गर्नुपर्ने भएको हो ।  एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले इकाईधनीलाई कर सहित ३०/३० प्रतिशतका दरले नगद लाभांश वितरण प्रस्ताव निर्णय गरेका छन् ।

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सीबिआईएल क्यापिटल CBIL Capital  ले संचालन गरेको सामुहिक लगानी कोष योजनाहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरणको क्यापिटलले भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ २३ गते कायम इकाईधनीले मात्र यी योजनाको लाभांश पाउँन सक्ने छन् ।  जस अनुसार आज भदौ २३ गतेसम्म कायम इकाईधनीले मात्र सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड  २ को लाभांश पाउँन सक्ने छन् ।  क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ नगद लाभांश र सिटिजन्स  म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने २२ करोड ४० लाख बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । यी सबै योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।

एनएमबि फिप्टी र एनएमबि हाइब्रिड एल-१ को लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

भदौ १६, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल-१ को नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार रहेको छ ।  यी दुवै योजनाले नगद लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने भएसँगै भदौ १७ गतेसम्म कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।  एनएमबि फिप्टीले आव २०७७/७८ को मुनाफाबाट इकाईधनीलाई ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल- १ ले २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेका छन् ।