काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । योजनाले असोज २६ गते एक दिन बुक क्लोज गर्न लागेको हो । बुक क्लोजको आधारमा असोज २५ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
योजनाले गत आर्थिक वर्ष ०७९/८० को लागि कर समेत ९ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बुक क्लोजपछि कायम इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले जानकारी दिएको छ । यसर्थ आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । इकाई धितोमा राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गर्नुपर्ने भनाई समेत योजना व्यवस्थापकको रहेको छ ।