कात्तिक १ देखि प्रतिफल वितरण गर्दै नबिल ब्यालेन्स्ड फण्ड २

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले कात्तिक १ गतेदेखि प्रतिफल वितरण गर्ने भएको छ । यस वर्ष योजनाले करसमेत ९ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।  प्रतिफल प्रयोजनका लागि योजनाले असोज २६ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २५ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् । बुक क्लोजपछि कायम इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न लागिएको हो । यसर्थ आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउनसमेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । इकाई धितोमा राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेस गर्नुपर्ने योजना व्यवस्थापकले जनाएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

नबिल ब्यालेन्स्ड फण्ड २ ले तय गर्‍यो बुक क्लोजको मिति

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । योजनाले असोज २६ गते एक दिन बुक क्लोज गर्न लागेको हो । बुक क्लोजको आधारमा असोज २५ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् । योजनाले गत आर्थिक वर्ष ०७९/८० को लागि कर समेत ९ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बुक क्लोजपछि कायम इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले जानकारी दिएको छ । यसर्थ आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । इकाई धितोमा राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गर्नुपर्ने भनाई समेत योजना व्यवस्थापकको रहेको छ ।

२ कम्पनी र २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई वटा कम्पनी र २ वटा सामुहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज कार्तिक १७ गते अन्तिम दिन रहेको छ । लाभांश बितरण प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गरेका नेपाल लाइफ इन्स्योरेन्स र अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिंगले संचालन गरेका सामुहिक लगानी कोष योजनाहरु नबिल इक्विटी फण्ड , र नबिल ब्यालेन्स फण्ड २ को लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन हो ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मङ्सिर ८ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। कम्पनीले  आर्थिक बर्ष २०७७/२०७८ सम्मको संचिति मुनाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित नगद लाभांश मध्ये  ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि  रहेको छ। बार्षिक साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।त्यस्तै अरुण काबेली पावरले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी रु. १, ८५, ५२,१०,५००।- को १० प्रतिशतका दरले रु. १८, ५५,२१,०५०।- बरावरको वोनश शेयर र ०.५२६३ प्रतिशतका दरले रु. १,०५,०६,०५७/- नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले कार्तिक ३० गते बुधवारको लागि साधारण सभा डाकेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि  कार्तिक १८ गते शुक्रवार बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजना नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को लाभांश सुरक्षित गर्न पनि आज अन्तिम दिन हो ।   नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ। त्यस्तै  नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ म्युचुअल फण्ड योजनाको लाभांश घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ ले लाभांश घोषणा गरेका हुन् । नबिल इन्भेष्टमेन्ट बैंकिङको असोज २५ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।जस अनुसार  नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ।त्यस्तै  नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।

नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डद्वारा लाभांश बैंक खातामा जम्मा

कात्तिक ५, काठमाडौं । नबिल म्युचुअल फण्डद्वारा सञ्चिालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले नगद लाभांश (प्रतिफल) इकाईधनीहरुको बैंक खातामा जम्मा गरेका छन् । दुवै योजनाले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको प्रतिफल जम्मा गरेका हुन् ।  दुवै फण्डले बुक क्लोजको अघिल्लो दिनसम्म कायम इकाइधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा लाभांश जम्मा गरिसकेकोेले सम्बन्धित इकाइधनीहरुले आफ्नो लाभांश जम्मा भए नभएको यकिन गर्न अनुरोध गरेको छ । नबिल ब्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाईधनीहरुलाई कर सहित ३५ प्रतिशतका दरले र नबिल इक्वीटी फण्डले कर सहित ४० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए । लाभांश वितरण प्रयोजनका लागि दुवै योजनाले असोज ११ गते बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा असोज १० गतेसम्मका कायम इकाईधनीहरुले मात्र लाभांश पाउनेछन् ।

नबिल व्यालेन्सड् फण्ड -२ र नबिल इक्वीटी फण्डको इकाईमूल्य समायोजन

असोज ११, काठमाडौं । सोमवार नबिल व्यालेन्स्ड फण्ड-२ र नबिल इक्वीटी फण्डको इकाईमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुवै योजनाले प्रस्ताव गरेको लाभांश प्रयोजनका लागि इकाईमूल्य समायोजन गरेको हो ।  नेप्सेले नबिल ब्यालेन्ड फण्ड-२ को आइतवार कायम अन्तिम इकाईमूल्य रू. १४ दशमलव ५४ को आधारमा ३५ प्रतिशत नगद लाभांशपछिको मूल्य रू. ११ दशमलव शून्य ४ तोकेको छ भने नबिल इक्वीटी फण्डको आइतवार कायम अन्तिम इकाईमूल्य रू. १५ दशमलव ५४ को आधारमा ४० प्रतिशत नगद लाभांश पछिको मूल्य रू. ११ दशमलव ५४ तोकेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै योजनाले प्रस्तावित उक्त नगद लाभांश प्रयोजनका लागि असोज ११ गते एक दिन बुक क्लोज गरेका  छन् ।  बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईनीहरु मात्र यी फण्डहरुको प्रतिफल प्राप्त गर्न योग्य भएका छन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्सड् फण्ड २ को लागि कर समेत ३५ प्रतिशत र नबिल इक्वीटी फण्डको लागि कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।  नबिल ब्यालेन्स्ड फण्ड सञ्चालनका लागि ११ करोड २० लाख इकाई र नबिल इक्वीटी फण्डले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।

नबिल ब्यालेन्स फण्ड-२ र नबिल इक्विटी फण्डको बुक क्लोज भदौ २५ मा, प्रतिफल बाँड्ने

काठमाडौं। नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड-२ र नबिल इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज