काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएको छ ।
क्यापिटलले इकाईधनीहरुलाई कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । क्यापिटलको भदौ ७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिफल वितरण प्रयोजनार्थ फणडले भदौ १९ गते बुकक्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा म्युचुअल फण्डको उक्त लाभांश भदौ १८ सोमबारसम्म कायम इकाईधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।