काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले कात्तिक १ गतेदेखि प्रतिफल वितरण गर्ने भएको छ । यस वर्ष योजनाले करसमेत ९ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रतिफल प्रयोजनका लागि योजनाले असोज २६ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २५ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
बुक क्लोजपछि कायम इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न लागिएको हो । यसर्थ आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउनसमेत योजना व्यवस्थापकले अनुरोध गरेको छ ।
इकाई धितोमा राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेस गर्नुपर्ने योजना व्यवस्थापकले जनाएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
१२ असोज, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तगर्त सञ्चालित ‘नबिल ब्यालेन्स फण्ड २’ ले इकाइधनीलाई ९.६ प्रतिशत नगद लाभांश दिने भएको हो । नबिल बैंक कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंक योजना व्यवस्थापक रहेको उक्त सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इकाइधनीलाई उक्त प्रतिफल प्रस्ताव गरेको हो । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको […]
नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको हो । योजनाका लाभांश वितरणको लागि कम्पनीले शुक्रबार बुक क्लोज हुनेछ । योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । यसैगरी नबिल इक्विटी फन्डका इ
नबिल इन्भेष्टमेण्ट बैंकिङले लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ । शेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धी उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा संचालनमा ल्याइएको कम्पनीको भनाइ छ । लगानीका बिभिन्न उपकरणहरु मार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताहरूले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी सन्तुलित लगानीबाट राम्रो प्रतिफल
काठमाडौं । नबिल बैंकले निक्षेपमा १० गुणासम्म प्रतिफल दिने गरी नबिल ढुक्क मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ६ वर्ष १० महिनाको मुद्दती निक्षेपमा दोब्बर हुने र २० वर्ष ११ महिनामा १० गुणा प्रतिफल दिने गरी नबिल ढुक्क मुद्दती खाता सार्वजनिक गरिएको हो । अहिले बैंकहरुमा निक्षेप आकर्षण गर्न विभिन्न योजनाहरु सार्वजनिक भइरहेको छ । […]
काठमाडौँ – नबिल बैंक लिमिटेडको ३७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले अन्य विषयका अतिरिक्त ०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६०५बोनस सेयर र ४.४०५ नगद लाभांश)वितरण गर्ने प्रस्ताव पारित गरेको छ। ०७७/७८मा निजी क्षेत्रका बैंकमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ। बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र […]
काठमाडौँ– नबिल बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६ प्रतिशत बोनस शेयर र ४.४प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्तावपारित गरेको छ । बैंकले २०७७–७८ मा४ अर्ब ५३ करोड मुनाफा कमाएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. […]
कात्तिक ५, काठमाडौं । नबिल म्युचुअल फण्डद्वारा सञ्चिालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले नगद लाभांश (प्रतिफल) इकाईधनीहरुको बैंक खातामा जम्मा गरेका छन् । दुवै योजनाले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको प्रतिफल जम्मा गरेका हुन् ।
दुवै फण्डले बुक क्लोजको अघिल्लो दिनसम्म कायम इकाइधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा लाभांश जम्मा गरिसकेकोेले सम्बन्धित इकाइधनीहरुले आफ्नो लाभांश जम्मा भए नभएको यकिन गर्न अनुरोध गरेको छ ।
नबिल ब्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाईधनीहरुलाई कर सहित ३५ प्रतिशतका दरले र नबिल इक्वीटी फण्डले कर सहित ४० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए ।
लाभांश वितरण प्रयोजनका लागि दुवै योजनाले असोज ११ गते बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा असोज १० गतेसम्मका कायम इकाईधनीहरुले मात्र लाभांश पाउनेछन् ।
असोज ११, काठमाडौं । सोमवार नबिल व्यालेन्स्ड फण्ड-२ र नबिल इक्वीटी फण्डको इकाईमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुवै योजनाले प्रस्ताव गरेको लाभांश प्रयोजनका लागि इकाईमूल्य समायोजन गरेको हो ।
नेप्सेले नबिल ब्यालेन्ड फण्ड-२ को आइतवार कायम अन्तिम इकाईमूल्य रू. १४ दशमलव ५४ को आधारमा ३५ प्रतिशत नगद लाभांशपछिको मूल्य रू. ११ दशमलव शून्य ४ तोकेको छ भने नबिल इक्वीटी फण्डको आइतवार कायम अन्तिम इकाईमूल्य रू. १५ दशमलव ५४ को आधारमा ४० प्रतिशत नगद लाभांश पछिको मूल्य रू. ११ दशमलव ५४ तोकेको छ ।
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै योजनाले प्रस्तावित उक्त नगद लाभांश प्रयोजनका लागि असोज ११ गते एक दिन बुक क्लोज गरेका छन् ।
बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईनीहरु मात्र यी फण्डहरुको प्रतिफल प्राप्त गर्न योग्य भएका छन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्सड् फण्ड २ को लागि कर समेत ३५ प्रतिशत र नबिल इक्वीटी फण्डको लागि कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
नबिल ब्यालेन्स्ड फण्ड सञ्चालनका लागि ११ करोड २० लाख इकाई र नबिल इक्वीटी फण्डले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।