नबिल व्यालेन्सड् फण्ड -२ र नबिल इक्वीटी फण्डको इकाईमूल्य समायोजन

असोज ११, काठमाडौं । सोमवार नबिल व्यालेन्स्ड फण्ड-२ र नबिल इक्वीटी फण्डको इकाईमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुवै योजनाले प्रस्ताव गरेको लाभांश प्रयोजनका लागि इकाईमूल्य समायोजन गरेको हो ।  नेप्सेले नबिल ब्यालेन्ड फण्ड-२ को आइतवार कायम अन्तिम इकाईमूल्य रू. १४ दशमलव ५४ को आधारमा ३५ प्रतिशत नगद लाभांशपछिको मूल्य रू. ११ दशमलव शून्य ४ तोकेको छ भने नबिल इक्वीटी फण्डको आइतवार कायम अन्तिम इकाईमूल्य रू. १५ दशमलव ५४ को आधारमा ४० प्रतिशत नगद लाभांश पछिको मूल्य रू. ११ दशमलव ५४ तोकेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै योजनाले प्रस्तावित उक्त नगद लाभांश प्रयोजनका लागि असोज ११ गते एक दिन बुक क्लोज गरेका  छन् ।  बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईनीहरु मात्र यी फण्डहरुको प्रतिफल प्राप्त गर्न योग्य भएका छन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्सड् फण्ड २ को लागि कर समेत ३५ प्रतिशत र नबिल इक्वीटी फण्डको लागि कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।  नबिल ब्यालेन्स्ड फण्ड सञ्चालनका लागि ११ करोड २० लाख इकाई र नबिल इक्वीटी फण्डले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।