७१.२० अंक बढेर २५९१.४२ विन्दुमा पुग्यो नेप्से, बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

पुस ११, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७१ दशलमव २० अंक अर्थात् २ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ५९१ दशमलव ४२ विन्दुमा पुगेको हो ।यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रको ८६ लाख १ हजार ९५६ कित्ता शेयर ६२ हजार २१ पटकमा रू.५ अर्ब १७ करोड ३२ लाख ५०३ मा खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका ती धितोपत्र मध्ये १८ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी,युनाइटेड इन्स्योरेन्स , एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स,प्रुडेन्सियल इन्स्योरेन्स,लुम्बिनी जनरल इन्स्योरेन्स,एशियन लाइफ इन्स्योरेन्स,प्राइम लाइफ इन्स्योरेन्स,गुँरास लाइफ इन्स्योरेन्स,रिलायन्स लाइफ इन्स्योरेन्स,प्रभु लाइफ इन्स्योरेन्स,ज्योति लाइफ इन्स्योरेन्स,सानिमा लाइफ इन्स्योरेन्स र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशका दरले  वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  त्यसैगरी जनरल इन्स्योरेन्स,सूर्या लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।   यो दिन सबैभन्दा बढी गोर्खाज फाइनान्सका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ५७ प्रतिशतका दरले घटेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७९७ मा झरेको छ । यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू. ३२ करोड ७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५२४ पुगेको छ । दोस्रोमा हिमालयन डिष्टीलरीको रू. २६ करोड ६६ लाख ५२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक शून्य दशलमव १२ प्रतिशत र वित्त समूहको परिसूचक १ दशमलव १२ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।  सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ९ दशमलव ७८ प्रतिशत र निर्जीवन बीमा समूहको परिसूचक ८ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । अघिकांश बीमा कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै बीमा समूहको समूहगत सूचक पनि बढेको छ ।  लामो समयदेखि बीमा कम्पनीहरुको शेयरमूल्य बढेको थिएन । बजार घटेका बेला उक्त समूहका कम्पनीहरुको शेयरमूल्य निकै सस्तिएको थियो ।सोही कारणले गर्दा पनि शेयरमूल्य सस्तिएको बेला खरीदकर्ता आकर्षित भएको देखिन्छ ।   यो दिन बैंकिङ समूहको परिसूचक  १ दशमलव १९ प्रतिशत,व्यापार समूहको शून्य दशमलव ८ प्रतिशत ,होटल एण्ड टुरिजम समूहको १ दशमलव ६१ प्रतिशत,विकास बैंक समूहको १ दशमलव १८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको ५ दशमलव ५३ प्रतिशतले वृद्धि भएको छ ।  यस्तै अन्य समूहको २ दशमलव ५६ प्रतिशत,लघुवित्त समूहको ३ दशमलव ५६ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशलमव ७१ प्रतिशत र लगानी समूहको परिसुचक ३ दशमलव शून्य १ प्रतिशतका दरले वृद्धि भएको छ ।       

सम्बन्धित सामग्री

शेयर बजार साढे ३२ अंकले बढ्यो, २ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार आज ३२ अंक भन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ४३ अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ९८ विन्दुमा पुगेको छ । म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रो फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।  दुई सय ३३ वटा कम्पनीका ४२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४५ करोड र नविल बैंकको १२ करोड रुपैया...

नेप्से परिसूचक ६.६८ अंकले वृद्धि

काठमाडाैं : साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचकमा सामान्य सुधार भएको छ।आईतवार नेप्से परिसूचक ६.६८ अंक बढेर १९७७.३० बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।आईतवार कारोबारमा आएका २२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ।जसमा निर्जीवन बीमा उपसमूहको

पर्ख र हेरको अवस्थामा लगानीकर्ता : ५ अंक बढेर नेप्से परिसूचक २३७६.१७ विन्दुमा

वैशाख १४, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ५ दशमलव १७ अंक बढेको छ ।  परिसूचक २ हजार ३७६ दशमलव १७ विन्दुमा कायम भएको छ । यस अवधिमा कारोबारमा आएका २२८ धितोपत्रको २८ लाख ८५ हजार ३९ कित्ता शेयरको २३ हजार ५३४ पटकमा रू. १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३५ बराबरको शेयर खरीदविक्री भएको छ । बजार घटेर तल्लो विन्दुमा आएको छ । अधिकांश कम्पनीहरुको शेयरमूल्य तल्लो विन्दुमा आएको छ । सोही कारण अब बिस्तारै खरीदकर्ता आउने देखिन्छ ।  यद्धपि बजारमा तरलता अभाव कायमै छ, सधै बजार घटिरहने पनि होइन, बजार घट्दा होस् या बढ्दा होस् लगानीकर्ताले विवेक पूर्ण रुपमा धेरै अध्ययन गरेर लगानी गरेकोमा प्रतिफल प्राप्त हुने देखिन्छ ।  चुनावी माहोल पनि शुरु हुँदैछ यसले गर्दा बजारमा सकारात्मक प्रभाव पर्ने शेयर विश्लेषक बताउँछन् । पछिल्लो समय लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । बजार बढ्छ नै भनेर बढी मूल्य शेयर खरीद गर्न पनि राजी छैनन् भने सस्तो मूल्यमा शेयर बेच्न पनि सकेको छैनन् ।  कारोबारमा आएका २२८ धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । त्यसैगरी दोस्रोमा नेपाल फाइनान्सको शेयरमूल्य ६ दशमलव ८२ प्रतिशत बढेर रू. ५०१ पुगेको छ । त्यसैगरी बुधवार सानिमा इक्वीटी फण्डको इकाई मूल्य ३ दशमलव ८८ प्रतिशत घटेर रू. १२ दशमलव ८७ कायम भएको छ । त्यसैगरी दोस्रोमा सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ३ दशमलव ३७ प्रतिशत घटेर रू. ८ दशमलव ५९ कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको हो । कम्पनीको रू. ५ करोड २१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४२२ कायम भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टीलरी लिमिटेडको रू. ३ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशलमव १८ प्रतिशत, व्यापार समूहको शून्य दशलमव २५ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ६५ प्रतिशतका दरले घटेको छ भने बाँकी सबै समूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो ।  समूहगत परिसूचक बढ्नेमा होटल एण्ड टुरिजम समूहको १ दशमलव १९ प्रतिशत, विकास बैंक समूहको १ दशमलव २ प्रतिशत, हाइड्रोपावर समूहको दशमलव ५२ प्रतिशत, वित्त समूहको शून्य दशमलव २ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव २९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ६२ प्रतिशत र लगानी समूहको समूहगत परिसूचक शून्य दशमलव ३८ प्रतिशतका दरले बढेको हो ।

९५ अंकले बढ्यो शेयर बजार

काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा आइतबार सय अंक बराबरको फराकिलो छलाङ आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ९५ अंकले उकालो लागेर २४ सय २० पुग्यो । सबै समूहमा हरियाली छाउँदा कारोबार पनि बढेर साढें २ अर्ब नाघ्यो । दुबै बीमा समूहमा उच्च ४ सय अंक माथिको बृद्धि आयो । विकास बैंक […]

४० अंक बढेर २५६८.२५ विन्दुमा नेप्से, २ अर्ब २५ करोड बराबरको शेयर खरीदविक्री

चैत १६, काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४० दशलमव ६८ अंक बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ ।  यो दिन कारोबारमा आएका २३२ धितोपत्रको ४५ लाख २ हजार ५११ कित्ता शेयरको ३६ हजार ११ पटकमा रू. २ अर्ब २५ करोड बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि र  नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।   यो दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ११३ दशमलव ५०,नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको रू. १ हजार १९९ दशमलव ६० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको रू. ९५९ दशलमव ८० पुगेको छ । त्यसैगरी बुधवार ९.५ ∞एनसीसी डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य २ प्रतिशत घटेर रू. ९२१ दशमलव २० कायम भएको छ ।  त्यसैगरी दोस्रोमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १ दशलमव ९५ प्रतिशत घटेर रू. १९ हजार २ कायम भएको हो ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको रू. ११ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २५ कायम भएको छ । यस कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेको थियो । आव २०७७/ ७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमा हुने जानकारी दिएको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीको संस्थापकतर्फको रू. १० करोड ९२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटै समूहकै परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । बैंकिङ समूहको परिसूचक शून्य दशलमव २३ प्रतिशत, व्यापार समूहको शून्य दशलमव ३८ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ५१ प्रतिशत,विकास बैंक समूहको ३ दशलमव ३२ प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ ।  यस्तै वित्त समूहको ३ दशलमव २९ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ५८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४९ प्रतिशत,अन्य समूहको ४ दशमलव १२ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ४३ प्रतिशत,जीबन बीमा समूहको १ दशमलव ४८ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव ३ प्रतिशत र लगानी समूहको परिसूचक २ दशलमव ७६ प्रतिशतका दरले वृद्धि भएको हो । बुधवार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।  केही महीनादेखि अधिकांश बुधवार घटेको बजार यसपालिको बुधवार भने बढेर बन्द भएको छ । अव विस्तारै वित्तीय प्रणालीमा तरलता सहज हुनेछ । वैशाख महीना लागेसँगै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा पनि खरीदकर्ता आकर्षित हुने देखिन्छ । त्यसोत यो बीचमा बजार धेरै घटिसकेको छ  । घटेको बजारमा खरीदकर्ता हवी भएकाले पनि बुधवार बजार बढेको देखिन्छ ।

नेप्सेमा ४३ अंक गिरावट, कारोबार साढे ३ अर्बमा सीमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३.१० अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि तीव्र उतार-चढावबीच अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो । आज नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । उक्त मूल्य बराबरको सेयर आज ५४ हजार पटक कारोबार भएको हो ।परिसूचक दोहोरो अंकले घटेको दिन आज सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २९५ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहमा २६८ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक

सेयर बजारमा ७ अंक गिरावट, कारोबार रकम ३ अर्बमात्रै

साताको पहिलो दिन आज (आइतबार) नेपालको सेयर बजारमा ७ अंकको गिरावट आएको छ । प्रि-ओपनिङमा बढेर कारोबार शुरू भए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ७.७३ अंकले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक २६५३ अंकमा आइपुगेको छ ।आज ३ अर्ब २७ करोड रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका १३ मध्ये दुई समूहमा सुधार आएको छ । जलविद्युत समूह ३४ अंक र अन्य समूहमा १५ अंकले सुधार आएको हो ।यसबाहेक, कारोबारमा आएका अन्य सबै समूहमा गिरावट आएको छ । आज कारोबार भएकामध्य जीवन बीमा स

३.३३ अंक बढेर २७७९.९८ विन्दुमा नेप्से, २ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

माघ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३३ अंकले बढेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ७७९ दशमलव ९८ विन्दु्मा पुगेको हो । यो दिन कारोवारमा आएका २२४ ओटा धितोपत्रको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर ५० हजार ९६५ पटकमा रू.३ अर्ब ३४ करोड ३४ लाख१३ हजार ६८४ दशमलव शून्य ३मा  खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ३३८ दशमलव २० र बुद्धभुमि नेपालको रू.५०९ दशमलव ५० पुगेको हो । त्यसैगरी यो दिन शेयरमूल्य घट्नेमा सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको ४ दशमलव १४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४५ दशमलव १० मा झरेको हो । त्यसैगरी युनाइटेड इदीमार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव ९० प्रतिशत घटेर रू. ५८६ मा झरेको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री हुनेमा नेशनल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीको रू.२० करोड २ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १३१ कायम भएको छ । कम्पनीले शेयरधनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट  १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । त्यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. ११ करोड ४७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ समूहमध्ये सात ओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।    समूहगत परिसूचक बढ्नेमा हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत,वित्त समूहको शून्य दशमलव ६१ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव शून्य ५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । यस्तै अन्य समूहको शून्य दशमलव ८४ प्रतिशत ,लघुवित्त समूहको शून्य दशमलव १ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशतका दरले वृद्धि भएको छ ।  त्यसैगरी समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव २४ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ६९ प्रतिशत,विकास बैंक समूहको शून्य दशलमव ४३ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव शून्य १ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशलमव ५८ प्रतिशतका दरले घटेको छ ।  बजार निरतन्र घटेसँगै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिएको छ । सोही कारण यो दिन कारोबार पनि घटेको छ । एक दुई दिनदेखि बजारमा पुन तरलता अभाव भएको हल्ला चल्न थालेको छ । सोही कारण लगानीकर्ताहरु अझै बजार घट्ने हो कि भन्ने आकलन गर्न थालेका छन् ।

बिहीबार नेप्सेमा १९ अंकको सुधार

केहि दिनयता लगातारको गिरावटपछि बिहीबार नेप्सेमा १९ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १९.१२ अंकले बढेर २ हजार ८४३ विन्दुमा उक्लिएको हो ।  आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.३३ अंकले बढेर ५२८.७१ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज निर्जीवन बीमा बाहेकका सबैजसो समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् ।  यद्यपि, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा १९ अंक माथिको सुधार आइरहँदा पनि कारोबार रकम भने