काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनी (Life Insurance Company)हरूले चैतमा ११ अर्ब रुपैयाँ बीमा शुल्क (Premium) आर्जन गरेका छन् । कम्पनीहरूले फागुनमा भने १० अर्ब ३३ करोड रुपैयाँ शुल्क आर्जन गरेका थिए ।
चैतमा कम्पनीहरूले दुई अर्ब ४८ करोड रुपैयाँ प्रथम बीमा शुल्कबाट र आठ अर्ब ५२ करोड रुपैयाँ नवीकरण बीमा शुल्कबाट आर्जन गरेका छन् ।
चैतमा सबैभन्दा नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफले दुई अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै दोस्रोमा एलआइसी नेपालले एक अर्ब ४४ करोड रुपैयाँ र तेस्रोमा नेशनल लाइफले एक अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
कुन बीमा कम्पनीले कति आर्जन गरे ?
बीमा कम्पनी
कुल बीमा शूल्क (रु लाखमा)
आइएमई लाइफ इन्स्योरेन्स
3,638
लाइफ इन्स्योरेन्स कपोरेशन
14,473
नेशनल लाइफ इन्स्योरेन्स
11,524
मेट लाइफ
4,863
रिलायन्स लाइफ इन्स्योरेन्स
499
नेपाल लाइफ इन्स्योरेन्स
28,825
सन नेपाल लाइफ इन्स्योरेन्स
2,901
सुर्यज्योती लाइफ इन्स्योरेन्स
7,192
एशियन लाइफ इन्स्योरेन्स
6,021
सानीमा लाइफ इन्स्योरेन्स
444
सिटिजन्स लाइफ इन्स्योरेन्स
4,451
राष्ट्रिय बीमा संस्थान
3,635
महालक्ष्मी लाइफ इन्स्योरेन्स
1,680
प्राइम लाइफ इन्स्योरेन्स
3,762
प्रभु लाइफ इन्स्योरेन्स
1,548
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
3,838
युनियन लाइफ इन्स्योरेन्स
5,778
गुरास लाइफ इन्स्योरेन्स
2,551
सानीमा लाइफ इन्स्योरेन्स
2,473
कुल
110,096