भदौ १४, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्डले साउन मसान्तसम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । असार मसान्तमा योजनाको एनएभी रू. १६ रहेकोमा साउन मसान्तमा घटेर रू. १३ दशमलव २० मा सीमित भएको हो ।
यस योजनाले गत आवको मुनाफाबाट इकाईधनीलाई ३५ नगद लाभांश वितरण पछि इकाई मूल्य समायोजन भएकाले एनएभी घटेको हो । यस योजनाको नाफा पनि असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । योजनाले असार मसान्तसम्ममा रू. ५५ करोड ९१ लाख ३७ हजार नाफा कमाएकोमा साउन मसान्तमा रू. ७ करोड ७ लाख ८१ हजारमा सीमित भएको हो ।
लगानी असार मसान्तको तुलनामा साउन मसान्त घटेको हो । योजनाले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६३ करोड ३७ लाख ७४ हजार लगानी गरेकोमा साउन मसान्तमा घटेर रू. ५९ करोड ९१ लाख ८६ हजारमा सीमित भएको हो ।