यही वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा गुल्मीमा दोहरिएर पालिका प्रमुखको उम्मेदवार बनेका छन् धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल । उनले धुर्कोट गाउँपालिकाको प्रमुख पदको उम्मेदवारी दिन शुक्रबार राजीनामा दिएका हुन् ।उनले आफूले गाउँपालिकाको उपाध्यक्षसमक्ष राजीनामा दिएको बताए । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका नेता २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग चुनावी तालमेल गरेर पालिका प्रमुखमा विजयी भएका थिए । काँग्रेसबाट उपप्रमुख शिबबहादुर खत्री भएका