विराटनगर । मोरङ जिल्लामा बिराटनगर महानगरपालिकासहित १७ स्थानीय तह छन् । ०७४ मा चुनाव जितेका १७ वटै तहका प्रमुखहरु पुनः उम्मेदवार बन्ने दौडधूपमा लागेका छन् । दोहोर्याउने ईच्छा नभएका पालिका प्रमुखहरु मोरङमा एकजना पनि भेटिएनन् ।०७४ को चुनावमा मोरङका १७ पालिकामध्ये नेपाली काँग्रेसले ९ र एमालेले ५ वटा पालिका प्रमुख जितेका थिए । माओवादी, लोकतान्त्रिक फोरम र मधेसी जनअधिकार फोरम (हालको जसपा) ले एक–एक स्थानमा जितेका थिए ।माओवादीबाट जितेका रंगेलीका मेयर एमालेमा प्रवेश गरिसकेका छन् भने लोकतान्त्रिक फो