पालिका प्रमुख अब सांसद

स्थानीय तहमा पालिका प्रमुख भइसकेका १२ जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार जना प्रतिनिधि सभा सदस्य र आठ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। २) ७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा स्थानीय सरकार प्रमुख भइसकेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा बाँके निर्वाचन क्षेत्र नं. २ बाट, रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे रुपन्देही क्षेत्र नं. ५ बाट, काठमाडौँको ग

सम्बन्धित सामग्री

गुल्मीको विकासे समीक्षा : आक्रोश, गुनासा र जुहारी

विकासे कार्यालयहरुले समयमा भौतिक प्रगति गर्न नसकेको गुनासो आएपछि जिल्ला समन्वय समिति गुल्मीले जिल्लाका संघीय तथा प्रदेश सांसद, पालिका प्रमुख, राजनीतिक दल तथा सरोकारवालको उपस्थितीमा प्रगति समीक्षा गरेको छ । कार्यक्रममा...

लुम्बिनीमा कांग्रेसले सांसद, पालिका प्रमुख, उपप्रमुखलाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको शनिबार बसेको बैठकले प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरूदेखि युवा तथा विद्यार्थीसम्मलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

पालिका प्रमुख अब सांसद

काठमाडौं : स्थानीय तहमा पालिका प्रमुख भइसकेका १२ जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार जना प्रतिनिधि सभा सदस्य र आठ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा स्थानीय सरकार प्रमुख भइसक्नुभएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा बाँके निर्वाचन क्षेत्र नं २ बाट, रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे रुपन्देही क्षेत्र नं। ५ बाट,

माधव नेपालका सांसद भन्दा पालिका प्रमुख कम हुने भएपछि…

काठमाडौं, ४ जेठ । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका २३ सांसद छन् । सोम पाण्डेलाई समेत गन्दा २४ पुग्छ । २७५ सदस्यीय संसदमा माधव नेपाल नेतृत्वको नेकपा एसको २३ सांसद हुनु राम्रो संख्या हो । तर, ७५३ पालिकामा नेकपा एसको त्यो भन्दा कम संख्या हुने देखिएको छ । नेकपा एसले स्थानीय चुनावको […]

मन्त्री र सांसद नै पालिका प्रमुख बन्ने दौडमा

गुरुङको भनाइ भुइँमा खस्न नपाउँदै थापाले प्रतिक्रिया दिए– 'मलाई रोक्न पृथ्वी सुब्बाले मनोगत षड्यन्त्र गरे।'

प्रदेश-१ को राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन जनप्रतिनिधि उपस्थित भएनन्

१२ माघ, विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत  प्रदेश-१ को मतदानमा तीन जना अनुपस्थित भएका छन्। प्रदेशमा ९२ जना प्रदेश सांसद र २७२ स्थानीय पालिका प्रमुख उपप्रमुख छन् । ती मध्ये ३ जना अनुपस्थित भएका हुन् । प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारीका अनुसार २७० पालिका प्रमुख उपप्रमुख र ९१ सांसदले मतदान गरेका छन् […]

सांसद र जिल्ला सभापति नै पराजित

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सर्लाहीको क्षेत्रीय अधिवेशनमा सांसद, जिल्ला सभापति र केही पालिका प्रमुख नै पराजित भएका छन् । सदरमुकाम मलंगवामा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को निर्वाचनमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका हालका जिल्ला सभापति नागेन्द्रकुमार राय पराजित भए । उनी संस्थापन पक्षका हुन् ।

राजनीतिक गतिविधिले चितवनको पर्यटन चलायमान

चितवन । चितवनमा सत्तारुढदेखि प्रतिपक्षी दलसम्मका राजनीतिक गतिविधि बढ्दै गएका छन् । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ताको चितवन आउजाउ बढेपछि यहाँका पर्यटन व्यवसायी भने खुसी छन् । एमालेको मंसिर १० गतेबाट सुरु हुने महाधिवेशन, कांंग्रेसको जिल्ला अधिवेशन, नेकपा मालेको राष्ट्रिय महाधिवेशन चितवनमै हुने भएपछि थला परेको पर्यटन उक्सिने आसमा व्यवसायी रहेका हुन् । कोरोना कहरले शिथिल बनाएको पर्यटन व्यवसायलाई राजनीतिक चहलपहलले उकास्ने देखिएपछि उनीहरू उत्साहित भएका हुन् । हाल चितवनका सौराहा, नारायणगढका होटलमा पाहुनाको बाक्लो उपस्थिति देखिन थालेको छ । कतिपय होटलमा महाधिवेशन लक्षित कोठा बुकिङ, सोधपुछ हुने गरेको व्यवसायी बताउँछन् । जंगल सफारी लजका सञ्चालक एवं क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे राजनीतिक गतिविधि बढेसँगै सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । ‘अहिले हरेक दल चितवन केन्द्रित भएका छन्’, उनले भने, एमालेको महाधिवेशनले हामी थप उत्साहित छौं ।’ महाधिवेशन तयारीसँगै चितवनमा पार्टीका शीर्षस्थ नेता तथा कार्यकर्ताको सहभागिता दिनहुँ बढ्दै गएको उनले बताए । ‘कोरोना कहरपछि हाम्रा लागि यो ठूलो अवसर हो । महाधिवेशनमा आउने पाहुनलाई कसरी व्यवस्थित र सेवा दिन सक्छौं भन्ने विषयमा छलफलमा छौं,’ उनले भने । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई जिल्लामा विभिन्न दलका अधिवेशन, महाधिवेशनले पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँछन् । चितवनको पर्यटनका लागि अवसर र चुनौती दुवै छ,’ उनले भने, ‘हामीले देशभर निःशुल्क पर्यटन प्रवद्र्धन गर्न पाउनेछौं भने अतिथिलाई दिने सेवामा कति सन्तुष्ट पार्छौं भन्ने हो ।’ पर्यटन क्षेत्र मात्र होइन, यहाँको कृषि उत्पादन, यातायात, हवाई उडानदेखि स–साना खाजा तथा चिया पसलमा पनि चहलपहल बढ्न थालेको भट्टराईको भनाइ छ । हाल महाधिवेशनमा आउने पाहुनालाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय, पर्यटनसम्बद्ध संस्था र स्थानीयसंँग छलफल भइरहेको उनले जानकारी दिए । ‘झन्डै १० वर्षपछि चितवनको पर्यटनका लागि अवसर जुटेको छ । यसले हामीलाई उत्साहित बनाएको छ,’ भट्टराईले भने । उनका अनुसार पाहुनालाई लक्षित गरी छुटका प्याकेज, स्वागत, सजावटका काम थालिएको छ । सौराहामा एमाले महाधिवेशनको मतदान प्रक्रिया र बन्दसत्र भए पनि नारायणगढका साना तथा ठूला होटल सबै प्याक हुने भएका छन् । नारायणगढको नारायणी किनारमा महाधिवेशन उद्घाटन हुने एमालेको पूर्वनिर्धारित कार्यक्रम छ । सोही कारण सौराहामा मात्र नभई चितवनका अन्य पर्यटकीय स्थल पटिहानी, मेघौलीलगायत क्षेत्र पनि चलायमान हुने व्यवसायीको आशा छ । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं होटल गंगोत्रीका प्रबन्ध निर्देशक दिनेशकुमार चुके कोरोनाले धराशयी भएको पर्यटनलाई राजनीतिक चहलपहलले ठूलो राहत मिल्ने बताउँछन् । ‘चितवनमा ४० वटा पर्यटकीय गन्तव्य छन् । यसको प्रर्वद्धन गर्न र चितवन चिनाउन पनि प्याकेज कार्यक्रम अपरिहार्य छ,’ उनले भने । एमाले महाधिवेशनमा सात वटै प्रदेशका नेता, कार्यकर्ता, प्रतिनिधि, पालिका प्रमुख र अन्य देश–विदेशबाट आउने अतिथिलाई व्यवस्थापन गर्न एमाले १० औं महाधिवेशन व्यवस्थापनका समिति पनि जुटिरहेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले महाधिवेशन तयारी र व्यवस्थापनका लागि जुटिरहेको जानकारी दिए । ‘अहिले खाने, बस्ने व्यवस्थापनका लागि होटल व्यवसायीसँग छलफल  भइरहेको छ’, उनले भने, ‘हामीले प्रत्येक प्रदेशबाट आउने पाहुनाको सोही प्रदेशका नेतृत्वकर्तालाई जिम्मेवारी सुम्पेका छौं ।’

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद

नेपाल पक्षकाे केन्द्रीय समिति बैठकमा जे देखियाे

काठमाडौं । नेकपा एमालेकाे माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सकिएकाे छ । अध्यक्ष केपी ओलीले शुक्रबार लिएकाे निर्णयलाई चुनाैती दिँदै समानान्तर कमिटी घाेषणा गर्दै बैठक सकिएकाे हो। नेपाल पक्षले चैत ४ गते राष्ट्रिय भेला पनि बाेलाएकाे छ । भेलामा केन्द्रीय सदस्य, प्रदेश सांसद, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष र पालिका प्रमुख तथ...