काठमाडौं, ९ चैत । काठमाडौंको शंखमुलमा खुकुरी हानाहान भएको छ । युवाहरूको दुई समूहबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।