काठमाडौं, (नेस) नेकपा माओवादी केन्द्रले सीसीएमी खारेज गर्न माग गर्ने निर्णय गरेको छ । माओवादीले कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरू गर्न नसकेको भन्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेता वर्षमान पुनले बताउनुभयो । […]