काठमाडौँ– राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले जिल्ला समितिहरु खारेज गरेको छ। नेकपा माओवादीको केन्द्रीय समिति बैठकले आइतबार जिल्ला समितिहरु खारेज गरेको हो। बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव सर्वसम्मतिले पारितसमेत गरेको हो। अध्यक्ष दाहालले शनिबारको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी दुईदिने बैठक आइतबार सकिएको हो। […]