नेकपा (माओवादी केन्द्र) खारेज गर्नुपर्ने पूर्व माओवादी नेताहरूको मागलाई निर्वाचन आयोगले अस्वीकार गरिदिएको छ ।
माओवादी छाडेर एमालेमा लागेका पूर्व माओवादी नेताहरूको मागबमोजिम पार्टी नै खारेज गर्नुपर्ने नदेखिएको निष्कर्ष आयोगले निकालेको हो ।
'निवेदन अनुसार दल दर्ता खारेज गर्नुपरेन,' आयोगको बैठकको निर्णय उद्धृत गर्दै प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरसँग भने ।
माओवादी लामो समयदेखि महाधिवेशन समेत नगरी छापामार शैलीले चलेको आरोप लगाउँदै टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेताहरूको अग्रसरतामा निर्वाच...