माओवादीले सिफारिस गर्यो मेलम्ची नगरपालिका मेयर र उपमेयर

नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर र उपमेयरका उम्मेदवारका लागि सिफारिस गरेको छ । मेलम्ची नगरपालिका मेयर र उपमेयर ३/३ जनाको नाम सिफारिस भएको केन्द्रीय सदस्य युवराज दुलालले बताए । सोमबार बसेको नगरपालिकाको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न नसकेपछि ३/३ जनाको नाम सिफारिस गरिएको हो ।दुलालका अनुसार मेयरका लागि चन्द्रबहादुर थापा, देबेन्द्र घोरासैनी र उदन आलेको नाम सिफारिस भएको छ। यस्तै उपमेयरमा मुनादेवी ढकाल, लक्ष्मी ढकाल, मिथिला सिग्देलको नाम सिफारिस भएको दुलालले बता