रौतहटको फतुवा विजयपुर नगरपालिका मेयर, उपमेयर र ८ वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज — रातहटको फतुवा विजयपुर नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षसहित कार्यपालिका सदस्यविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गराएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध एक करोड ५३ लाखभन्दा बढी रकम असुलउपर गर्न माग गर्दै विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गराएको हो। भ्रष्टाचार मुद्दा दायर हुनेमा नगरपालिकाका तत्कालीन तथा हालका मेयर गोपाल राय यादव, तत्कालीन उपमेयर कान्ति […]

सम्बन्धित सामग्री

राैतहटका दुई स्थानीय तहले बजेट ल्याउन सकेनन्

रौतहट : रौतहटका दुईवटा स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। जिल्लाका फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाले अझै बजेट सार्वजनिक गर्न नसकेका हुन्।फतुवा विजयपुरका नगर प्रमुखलाई भ्रष्टाचार मुद्दा दायर भएपछि नगर सभा प्रभावित भएको हो। राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गोपाल राय यादवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेका थियाे।उनी अहिले निलम्बनमा छन्। उपप्रमुख अमवेया खातुनलाई कार्यवाहक जिम्मेवारी दिइएको छ। अब चाँडै नगर सभा