रंगेलीका मेयर र उपमेयर नै एमालेमा प्रवेश

माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई  एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल

सम्बन्धित सामग्री

काँग्रेसमा मेयरका दाबेदार एकरामुल एमालेबाट भिड्दै

नेपाली काँग्रेसमा मेयर पदको दाबेदार रहेका सेख एकरामुल हक एमालेबाट मैदानमा उत्रेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हक रौतहटको गुजरा नगरपालिकामा एमालेबाट मेयरमा भिड्दै छन् ।काँग्रेस महाधिवेशन प्रतिनिधि हक कहिदिन अघि मात्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । गुजरा नगरपालिकामा एमालेबाट उपमेयरमा रानीकुमारी चौधरी मैदानमा उत्रेकी छन् ।

‘काँग्रेस र माओवादीले ५ वर्ष अघि पाएको मत जोडेर गरिने विश्लेषण पूरानो भईसक्यो’

नेकपा एमालेका प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले २०७४ सालको स्थानीय तहको मत परिणाम अनुसार अहिलेको राजनीतिक विश्लेषण गरिनु गलत हुने बताएका छन् । नेकपा एमाले बागमती प्रदेशको प्रचार विभागले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रचार भेलामा उप–प्रमुख रिजालले अहिले अधिकांश सञ्चार माध्यमले २०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेस र माओवादीले पाएको मतलाई जोडेर एमाले कमजोर छ भन्ने खालका समाचार आउने गरेको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन् ।‘२०७४ सालको मत परिणाम जोडेर काम गर्दैन, त्यो विश्लेषण अब पूरानो भईसक्यो’ रिजालले भने, ‘म एउटा जिल्लाको मात्रै उदाहरण सुनाउन चाहन्छु, रौतहटको समग्र स्थानीय तहमध्ये एमालेले चन्द्रनिगाहापूरको उपमेयर मात्रै जितेको थियो, अहिले रौतहबाट एमालेमा ४ मेयर, ६ उपमेयर र ३६ जना वडाध्यक्ष हुनुहुन्छ । यो तथ्यांक त २०७४ मा एमालेले पाएको मतमा देखिँदैन, त्यसकारण २०७४ को मतपरिणाम अनुसार गरिने विश्लेषण पूरानो भईसक्यो ।’उनले १ महिनाको अवधिमा पार्टीका अध्यक्ष केपी ओलीले २८ जिल्लामा पुगेर विशाल जनसभाहरुमा सम्बोधन गरेको र हजारौँलाई एमालेमा प्रवेश गराएको पनि सुनाएका छन् । बैशाख ११ गतेसम्म अध्यक्ष ओली कुन कुन जिल्ला, कुन कुन ठाउँमा जाने र सम्बोधन गर्ने भन्ने तालिका नै रहेको पनि उनले जानकारी दिए ।

रंगोलीमा माओवादीका मेयर-उपमेयर र वडाध्यक्षसहित ३ हजार एमालेमा प्रवेश

मोरङको रंगेलीबाट माओवादी केन्द्रका करीब ३ हजार कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । समाचार अनुसार रंगोली नगरपालिकाका मेयर र उपमेयर सहित सो संख्यामा एमाले प्रवेश गरेका हुन् । बुधबार रंगेलीमा आयोजितसमारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्ष एमाले प्रवेश गर्नुभएको हो …

माओवादीबाट निर्वाचित रंगेली नगरपालिकाका मेयर र उपमेयर एमाले प्रवेश

बिराटनगर- मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप (बगडिया) अग्रवाल, उपमेयर केशव कुमारी खराल र तीन जना वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।  बुधबार रंगेली नगरपालिका-७ मा आयोजित तराई मधेस केन्द्रित बृहत् जनसभामा उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला अविर लगाएर एमालेमा प्रबेश गराएका हुन्  । मेयर...

माओवादीबाट निर्वाचित रंगेली नगरपालिकाका मेयर र उपमेयर एमाले प्रवेश

बिराटनगर- मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप (बगडिया) अग्रवाल, उपमेयर केशव कुमारी खराल र तीन जना वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।  बुधबार रंगेली नगरपालिका-७ मा आयोजित तराई मधेस केन्द्रित बृहत् जनसभामा उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला अविर लगाएर एमालेमा प्रबेश गराएका हुन्  । मेयर...

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश

मोरङ, २५ फागुन । माओवादी केन्द्रबाट निर्वाचित भएका मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन् । बुधबार नेकपा (एमाले) मोरङले आयोजना गरेको सभामा माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बगडीया), उपमेयर केशवकुमारी खराल र दुईजना वडाध्यक्षसहित करिब ५ हजार जना एमालेमा प्रवेश गरेको नेकपा एमालेले जनाएको छ । मोरङको रङ्गेलीमा पार्टीले […]

माओवादीबाट निर्वाचित रंगेली नगरपालिकाका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन्। मोरङमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरुलाई आफ्नो पार्टी प्रवेश…

रंगेलीका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल नेकपा एमालेका प्रवेश गरेका छन् ।

रङ्गेलीका मेयर र उपमेयरसहित तीन वडाध्यक्ष एमालेमा प्रवेश

विराटनगर। रङ्गेली नगरपालिका मेयर दिलीप बगडिया र उपमेयर केशवकुमारी खरालसहित रङ्गेलीका तीन जना वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्। बुधबार उनीहरू एमाले प्रवेश गरेका हुन्। मेयर उपमेयरसहित एमाले प्रवेश गरेका रङ्गेली १, ५ र ७ नम्बरका वडाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। रङ्गेलीमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका हुन्।