भत्कियो लिम्बुवान गेट

पाँचथर । सदरमुकाम फिदिमस्थित मेनरोडमा रहेको लिम्बुवान गेंट सोमबार भत्काइएको छ । मेची राजमार्ग बिस्तारको क्रममा गेंट भत्काइएको हो । मेची राजमार्ग अन्तर्गत फिदिम बजारको समर्पित अस्पतालदेखि चारखम्बे सम्मको सडक चौडा गर्ने काम सुरु भएसँगै लिम्बुवान गेंट व्यवस्थापनको बिषयमा पटक–पटक सम्बद्ध पक्ष र सरोकारवालाबीच छलफल भएको थियो । मेची राजमार्ग बिस्तारको काम सुरु भएसँगै लिम्बुवान […] The post भत्कियो लिम्बुवान गेट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रदेश १ को नाम लिम्बुवान–किरात राख्न जसपाको माग

जनता समाजवादी पार्टी नेपाल प्रदेश १ संसदीय दलले प्रदेश १ को नाम लिम्बुवान किरात राख्न माग गरेको छ । यसअघि उक्त पार्टीले प्रदेश १ को नाम किरात–लिम्बुवान–शेपालुङ–मधेश राख्नुपर्ने बताउँदै आएको थियो । तर, आज प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उक्त पार्टीका सांसद रामचन्द्र लिम्बुले सबैसँग सहमतिमा जानुपर्ने भएको कारण प्रदेश १ को नाम लिम्बुवान किरात भए आफ्नो पार्टीलाई मान्य हुने बताए । ‘जसपाले लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, तामाङशालीङ, नेवा, तमुवान र मगरात, खसान प

प्रदेश १ नाम ‘लिम्बुवान’ नराखे ८ वटा प्रदेश बनाउन संघर्ष गर्ने चेतावनी

लिम्बुवान किरात संघर्ष समितिले प्रदेश १ को नामकरण गर्दा लिम्बुवान अटाउन नसके ८ वटा प्रदेशको माग लिएर आन्दोलन चर्काउने चेतावनी दिएको छ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै संघर्ष समितिले अहिलेकै संरचना अनुसार प्रदेश १ को नामकरण किरात–लिम्बुवान हुनुपर्नेमा जोड दिएको हो ।लिम्बुवान नजोडिए ८ प्रदेशको माग गर्दै आन्दोलनमा जाने संघर्ष समितिका संयोजक प्रेम याक्थुमले बताए । ‘हामी लिम्बुवानको आन्दोलनमा सबैलाई संयोजन गर्ने जिम्मा किरात याक्थुम च

लिम्बुवान किरात प्रदेशको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरमा)

काठमाडौं : लिम्बुवान किरात प्रदेश घोषणा गर्न माग गर्दै माइतीघरमा सांकेतिक प्रदर्शन भएको छ।पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगरमा भएको प्रदर्शनलाई समर्थन गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो।उता विराटनगरमा पनि बिहीबार मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ।

लिम्बुवान किरात प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन

५ साउन, विराटनगर । लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।

प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिए

प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिएका छन् । गठबन्धनका चार दल बीचको भागबण्डामा किचलो भइरहेको बेला सोही गठबन्धनमा राजेन्द्र लिङ्देनले नेतृत्वको गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक संघीय लिम्बुवान राष्ट्रिय मञ्च पनि सहभागी भएको हो । सुनसरीको इटहरीमा बसेको गठबन्धन दलको बैठकमा राप्रपाका तर्फबाट प्रदेश १ का अध्यक्ष राम थापा र लिम्बुवानका केन्द्रीय महासचिव अशोक चेम्जोङको सहभागिता थियो ।  ‘बैठकमा राप्रपालाई १ नम्बर प्रदेशमा गठबन्धनमा समावेश गरेर जाने निर्णय

गृहमन्त्रीसँग लिम्बुवान पार्टीका पदाधिकारीको भेट

गृहमन्त्री बालकृष्ण खाणसँग संघीय लिम्बुवान पार्टी नेपालको प्रतिनिधिमण्डलले भेट गरेको छ । गृह मन्त्रालयमा भएको भेटमा गृह मन्त्रीसँग प्रतिनिधिमण्डलले विभिन्न समयमा पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्ता रिहाइ तथा लागेका मुद्दा फिर्ताका लागि अनुरोध गरेका थिए ।लिम्बुवानको प्रतिनिधिमण्डलमा पार्टी महासचिव सूर्य माखिम, उपमहासचिव विक्रम सुब्बा, पार्टीका जिल्ला इलाम अध्यक्ष शरण फागोलगायत थिए । उक्त पार्टीले यसअघि सोमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको वार्ता कमिटीसँग छ पटक सम्वाद गरेको जानकारी गराएको थियो।&

जसपाद्वारा प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ। पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम...

प्रदेश १ को नामकरण ‘लिम्बुवान, किरात’ प्रदेश राख्न माग

विराटनगर : लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेशको नाम ‘लिम्बुवान‚ किरात’ राख्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन्। मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा ३१ संघ संगठन सहभागी समितिले मुख्यमन्त्री राईलाई एतिहासिक एवं पहिचानको आधारमा प्रदेशको नाम ‘लिम्बुवान‚ किरात’ राखिनुपर्ने भन्दै ज्ञापन पात्र बुझाएका हुन्।समितिले प्रदेशको भौगोलिक अवस्था, सामाजिक, सांस्कृतिक, एतिहासिक एवं पहिचानको आधारमा लिम्बुवान&

लिम्बुवान् मोर्चा भन्छ – प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्छ

धनकुटा : लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रदेश १ को नाम बहुपहिचानका आधारमा हुनुपर्ने माग गरेको छ। प्रदेश १ को नामकरणको विषयमा चर्चा चलिरहेका बेला मोर्चाले प्रदेशको नाम लिम्बूवान–किरात हुनुपर्ने बताएको हो। मोर्चाको केन्द्रीय कमिटीको २३ गतेको भर्चुअलमार्फत भएको बैठकका निर्णय सार्वजनिक गर्न आइतबार भर्चुअल पत्रकार सम्मेलन गरिएको थियो। मोर्चाले प्रदेशको बहुपहिचानका आधारमा नराखे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध