जनता समाजवादी पार्टी नेपाल प्रदेश १ संसदीय दलले प्रदेश १ को नाम लिम्बुवान किरात राख्न माग गरेको छ । यसअघि उक्त पार्टीले प्रदेश १ को नाम किरात–लिम्बुवान–शेपालुङ–मधेश राख्नुपर्ने बताउँदै आएको थियो । तर, आज प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उक्त पार्टीका सांसद रामचन्द्र लिम्बुले सबैसँग सहमतिमा जानुपर्ने भएको कारण प्रदेश १ को नाम लिम्बुवान किरात भए आफ्नो पार्टीलाई मान्य हुने बताए । ‘जसपाले लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, तामाङशालीङ, नेवा, तमुवान र मगरात, खसान प