प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिए

प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिएका छन् । गठबन्धनका चार दल बीचको भागबण्डामा किचलो भइरहेको बेला सोही गठबन्धनमा राजेन्द्र लिङ्देनले नेतृत्वको गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक संघीय लिम्बुवान राष्ट्रिय मञ्च पनि सहभागी भएको हो । सुनसरीको इटहरीमा बसेको गठबन्धन दलको बैठकमा राप्रपाका तर्फबाट प्रदेश १ का अध्यक्ष राम थापा र लिम्बुवानका केन्द्रीय महासचिव अशोक चेम्जोङको सहभागिता थियो ।  ‘बैठकमा राप्रपालाई १ नम्बर प्रदेशमा गठबन्धनमा समावेश गरेर जाने निर्णय

सम्बन्धित सामग्री

प्रदेश नामकरणको छलफलमा भक्कानिइन् मन्त्री लिम्बू

१७ फागुन,  विराटनगर । नामकरणमाथि छलफलका क्रममा जसपा सांसद निर्मला लिम्बू प्रदेश १ को प्रदेशसभामा भक्कानिएकी छन् । प्रदेशको नाममा आफूहरुले राखेको किरात लिम्बुवान सगरमाथा नाम अस्वीकृत भएपछि स्वास्थ्य मन्त्री समेत रहेकी लिम्बू प्रदेशसभामा भक्कानिएकी हुन् । पहिचानको मुद्दालाई बहुमतले दबाबइएको उनको गुनासो छ । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा भूगोलका […]

प्रदेश १ को नामबारे सर्वदलीय बैठकमा जुटेन सहमति

प्रदेशको नामकरणमा सहमति जुटाउन भन्दै शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेन । अर्को बैठकमा छलफल गर्ने भन्दै शुक्रबारको बैठक टुङ्गिएको छ । विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा प्रदेशको नाम टुङ्गो लगाउन भन्दै नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, राप्रपा, संघीय लिम्बुवान राष्ट्रिय मञ्चको संयुक्त बैठक बसेको थियो ।एमाले संसदीय दलका नेता भीम आचार्यका अनुसार प्रदेशसभाको यही अधिवेशनबाट नामको टुङ