धनकुटा : लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रदेश १ को नाम बहुपहिचानका आधारमा हुनुपर्ने माग गरेको छ। प्रदेश १ को नामकरणको विषयमा चर्चा चलिरहेका बेला मोर्चाले प्रदेशको नाम लिम्बूवान–किरात हुनुपर्ने बताएको हो। मोर्चाको केन्द्रीय कमिटीको २३ गतेको भर्चुअलमार्फत भएको बैठकका निर्णय सार्वजनिक गर्न आइतबार भर्चुअल पत्रकार सम्मेलन गरिएको थियो। मोर्चाले प्रदेशको बहुपहिचानका आधारमा नराखे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध