बझाङ – थलारा गाउँपालिका–९ फकालीबाट आइतवार नुन लिनका लागि स्थानीय सदरमुकाम चैनपुर पुगे । सहुलियतमा नुन लिनका लागि चैनपुर पुगेका उनीहरूले पाँच पोका नुनमात्रै पाए । घरबाट जीपमा आउन जान र सामान्य खाना खर्च जोड्दा उनीहरूको प्रतिव्यक्ति झन्डै १५ सय रुपैयाँ खर्च भयो । उनीहरू दिनभरि लाइनमा लागे र बेलुकीपख एक सय रुपैयाँको नुन लिएर घर फर्किए । नुन लिन गएकामध्ये एक जयबहादुर विष्टले भन्नुभयो, ‘तीन सय रुपैयाँको नुन लिनुपर्ला भनेर आएको थिएँ । तर नुन कम रहेको भन्दै पाँच किलोभन्दा बढी दिन मानेनन् । नुन ...