अनाथ बालबालिकालाई १५ सय, एकल पुरुषलाई ५०० भत्ता

डोटी : सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ। गाउँपालिकाभित्र रहेका अनाथ बालबालिकालाई पढाई खर्च स्वरुप प्रतिमहिना एक हजार ५०० रुपैयाँ प्रदान गर्ने गाउँपालिकाले निर्णय गरेको छ। गाउँपालिकाको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताइन्। भत्ताबाट आफन्तको घरमा बस्द...