काठमाण्डाै – सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूले उठाएका साझा विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । न्यूनतम साझा कार्यक्रममा महँगीको अन्त्य गर्ने, कालोबजारीमाथि कडा कारबाही गर्ने र बजार अनुगमनलाई व्यापक बनाउने पनि उल्लेख छ । यस्तै सरकारले यो वर्ष सरकारी गाडी नकिन्ने र कार्यालय खर्च कम गर्ने प्रतिबद्धता पनि जनाएको छ । यस्तै बाह्य लगानी आकर्षित गर्न कानुनी र प्रक्रियागत झन्झटको अन्त्य गर्ने, आन्तरिक उत्पादनमा जोड दिने, आय...