काठमाडौं । नेकपा (एमाले)ले महिनावारी हुने उमेरका महिलालाई वार्षिक १५ सय रुपैयाँ भत्ता उपलब्ध गराइने जनाएको छ । मंगलबार सार्वजनिक एमालेको आसन्न निर्वाचनलक्षित घोषणापत्रमा यस्तो उल्लेख छ ।
घोषणापत्रमा राखिएका ‘२० ग्यारेन्टी’अन्तर्गतको १७औँ बुँदामा महिनावारी हुने उमेर समूहका सबै महिलालाई गुणस्तरयि स्यानिटरी प्याड तथा अरू वैकल्पिक साधन खरिद गर्न सो रकम...